हामीलाई मेल गराउने नै ख्रीष्ट हुनुहुन्छ किनभने उहाँले नै आफ्नो रगत बगाएर इस्राएली र अरू जातिका मानिसलाई परमेश्वरको छेउमा ल्याउनुभयो। आफ्नो शरीर दिएर उहाँले हामीलाई छुट्याउने दुश्मनीको पर्खाल भत्काउनुभयो। उहाँले इस्राएली र अरू जातिका मानिसलाई मिलाउन र उहाँमा नयाँ जाति बनाउन उहाँकै आफ्नो शरीरमा व्यवस्था र यसका रीतिथितिलाई खारेज गर्नुभयो। दुश्मनी नाश गर्न र एउटै जाति बनाएर परमेश्वरसँग मेल गराउन उहाँ क्रूसमा बलि हुनुभयो। उहाँले आएर इस्राएली र अरू जाति अर्थात् परमेश्वरको नजिक र टाढा हुने दुवैलाई मेलमिलाप गराउन सुसमाचार सुनाउनुभयो। उहाँले गर्दा नै हामी दुवै थरी अर्थात् यहूदी र अन्यजाति एउटै पवित्र आत्मा पाएर परमेश्वर पिताको सामु जान सक्ने भएका छौं। यसकारण तिमीहरू अब विदेशी र बिराना होइनौ, तिमीहरू अब परमेश्वरको जातिसँग सह-नागरिक बनेका छौ र परमेश्वरका परिवारका सदस्यहरू बनेका छौ। प्रेरित र अगमवक्ताहरूले हालेका जगमा बनिएका घर तिमीहरू पनि हौ। जगको मूल ढुङ्गाचाहिँ येशू ख्रीष्ट आफै हुनुहुन्छ। उहाँले नै सिङ्गै घरलाई पक्रेर राख्नुभएको छ र उहाँले यस घरलाई प्रभुप्रति समर्पण गरिएको एक पवित्र मन्दिर बनाउनुहुनेछ। तिमीहरू पनि उहाँमा अरू सबैसँगै त्यो घर बन्दै छौ, जहाँ परमेश्वर आत्मामा बास गर्नुहुनेछ।
एफिसी 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एफिसी 2:13-22
24 Days
The birth of Christ, His advent, marks God's ultimate plan for our redemption. In Christ, we see the fullest picture of God's hope, peace, joy and love. God's Word is the truth by which we know and walk with Him daily. It is our hope that this guide will encourage and facilitate personal time spent in the Word and provide a resource for families with children to do that together.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू