YouVersion लोगो
खोज आइकन

उपदेशक 1:7-11

उपदेशक 1:7-11 सरल नेपाली

सबै नदीहरू बगेर समुद्रमा जान्‍छन् तर समुद्र कहिल्‍यै भरिंदैन। पानी फर्केर फेरि मुहानमा र फेरि त्‍यहाँबाट बग्‍न सुरु गर्छ। सबै कुराले थकाउँछ र त्‍यो थकाइ यति भारी हुन्‍छ कि त्‍यसलाई बयान गर्ने शब्‍द छैन। आँखाले देखेर अघाउँदैन, कानले सुनेर तृप्‍त हुँदैन। अघि जे भएको थियो, त्‍यो फेरि हुनेछ। अघि जे काम गरिएको थियो, त्‍यो फेरि गरिनेछ। नयाँ कुरा सारा संसारमा केही छैन। मानिसहरू भन्‍छन्, “यहाँ हेर! यो नयाँ कुरा हो!” तर होइन, त्‍यो अघि नै भइसकेको थियो। हाम्रो समयभन्दा उहिले नै भएको थियो। उहिलेका मानिसहरूलाई कसैले सम्‍झनेछैन र आउने पुस्‍तालाई त्‍यसपछिका पुस्‍ताले याद गर्नेछैन।

उपदेशक 1 पढ्नुहोस्