व्यर्थ छ, व्यर्थ उपदेशक भन्दछन्। जीवन व्यर्थ छ, सबै कुरा व्यर्थ छन्। मानिसले जीवनभरि काम गरेर परिश्रम र मेहनतमा बिताउँछ तर उसलाई के लाभ छ र? पुस्ता-पुस्ता आउँछन् र जान्छन् तर संसार भने जस्ताको त्यस्तै रहिरहन्छ। सूर्य उदाउँछ, अस्ताउँछ र सही ठाउँमा पुग्छ, जहाँबाट त्यो फेरि उदय हुन्छ। बतास दक्षिणतिर बहन्छ, उत्तरतिर बहन्छ, घुमेर चक्कर मार्दै त्यो फेरि त्यहीँ फर्कन्छ। सबै नदीहरू बगेर समुद्रमा जान्छन् तर समुद्र कहिल्यै भरिंदैन। पानी फर्केर फेरि मुहानमा र फेरि त्यहाँबाट बग्न सुरु गर्छ। सबै कुराले थकाउँछ र त्यो थकाइ यति भारी हुन्छ कि त्यसलाई बयान गर्ने शब्द छैन। आँखाले देखेर अघाउँदैन, कानले सुनेर तृप्त हुँदैन।
उपदेशक 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 1:2-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू