YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 32:1-4

व्‍यवस्‍था 32:1-4 सरल नेपाली

“आकाश र पृथ्‍वी, मेरा कुरा सुन, मेरो वचन ध्‍यान दिएर सुन। मेरो शिक्षा झरीका थोपाहरूजस्‍ता खस्‍नेछ, र पृथ्‍वीमा शीतझैँ जम्‍नेछ। मेरो वचन कलिला बिरुवाहरूमाथि सिमसिमे पानी परेझैँ र दुवोमाथि हलुकारूपमा पानी परेझैँ खस्‍नेछ। म परमप्रभुको नामको प्रशंसा गर्नेछु, र उहाँका प्रजाले उहाँको महान्‌ताबारे भन्‍नेछन्। “परमप्रभु तिम्रा प्रतापी रक्षक हुनुहुन्‍छ, सबै कुरामा सिद्ध र न्‍यायी हुनुहुन्‍छ। तिम्रा परमेश्‍वर विश्‍वासयोग्‍य र सत्‍य हुनुहुन्‍छ, जे कुरा ठीक र न्‍यायपूर्ण छ, त्‍यो उहाँले गर्नुहुन्‍छ।