YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 30:1-4

व्‍यवस्‍था 30:1-4 सरल नेपाली

“अब मैले आशिष् वा सरापमा एउटा चुन्‍ने मौका तिमीहरूलाई दिएको छु जब यी सबै कुराहरू भएर परमप्रभुले तिमीहरूलाई छरपष्‍ट पार्नुहुन्‍छ अनि तिमीहरू अरू जातिहरूका बीचमा बास गर्छौ, तब मैले दिएको यो चुन्‍ने मौका तिमीहरूले सम्‍झनेछौ। तिमी र तिम्रा सन्‍तान परमप्रभुतिर फर्क्‍यौ र आफ्‍ना पूरा हृदयले आज मैले दिँदैगरेका उहाँका आज्ञाहरू पालन गर्‍यौ भने परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूमाथि कृपा गर्नुहुनेछ। जुन देशहरूमा तिमीहरू छरपष्‍ट भएर बसेका थियौ, त्‍यहाँबाट तिमीहरूलाई परमप्रभुले फर्काइल्‍याउनुहुनेछ र फेरि तिमीहरूको उन्‍नति गराउनुहुनेछ। तिमीहरू पृथ्‍वीका सबैभन्दा टाढा-टाढा कुनामा छरिएका छौ भने पनि परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई एकसाथ बटुल्‍नुहुनेछ र भेला पार्नुहुनेछ