YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 29

29
मोआब देशमा इस्राएलीसित परमप्रभुको करार
1मोआब देशमा परमप्रभुले मोशालाई इस्राएलीहरूसित बाँध्‍न लाउनुभएको करारमा यी करारका कुराहरू लेखिएका थिए। सीनै पहाडमा परमप्रभुले तिनीहरूसित बाँध्‍नुभएको करारमाथि थपेर यो करार बाँधिएको थियो।
2इस्राएलका सबै मानिसहरूलाई भेला गरेर मोशाले भने, “परमप्रभुले मिश्रका राजा, तिनका भारदारहरू र सारा देशलाई के गर्नुभयो, सो तिमीहरू आफैंले देख्‍यौ। 3डरलाग्‍दा विपत्तिहरू, आश्‍चर्यकर्महरू र परमप्रभुले गर्नुभएका उदेकका कामहरू तिमीहरूले देख्‍यौ। 4तर तिमीहरूले जे कुराको अनुभव गरेका छौ, त्‍यो आजसम्‍म उहाँले तिमीहरूलाई बुझ्‍न दिनुभएको छैन। 5चालीस वर्षसम्‍म परमप्रभुले उजाड-स्‍थानको बीचबाट तिमीहरूलाई डोर्‍याउनुभयो अनि तिम्रा लुगा र चप्‍पलहरू कहिल्‍यै फाटेनन्। 6तिमीहरूसित खानलाई रोटी वा पिउनलाई दाखमद्य थिएन तर उहाँले तिमीहरूका परमेश्‍वर हुँ भनी सिकाउनलाई तिमीहरूको अभाव पूरा गरिदिनुभयो। 7#गन्ती 21:21-30; गन्ती 21:31-35जब हामी यस ठाउँमा आइपुग्‍यौँ, हेश्‍बोनका राजा सीहोन र बाशानका राजा ओगचाहिँ हामीसँग लडाइँ गर्न अघि आए। तर हामीले तिनीहरूलाई जित्‍यौं, 8#गन्ती 32:33तिनका देश कब्‍जा गर्‍यौं अनि त्‍यो रूबेन र गादका कुल र मनश्‍शेका आधा कुलका बीचमा बन्डा गरिदियौं। 9यस करारका सबै कुराहरू विश्‍वासयोग्‍यसाथ पालन गर, आफूले गरेका हरेक काममा तिमीहरू सफल हुनेछौ।
10-11“आज तिमीहरू तिम्रा अगुवा र अधिकृतहरू, पुरुष, स्‍त्री र छोरा-छोरीहरू, तिम्रा बीचमा बास गर्ने र दाउरा काट्‍ने र पानी बोक्‍ने विदेशीहरू– सबै जना परमप्रभु आफ्‍ना परमेश्‍वरको अघि खडा छौ। 12आज तिमीहरू परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूसित बाँध्‍न लाग्‍नुभएको करार अनि त्‍यसका जिम्‍मेवारी स्‍वीकार गर्न यहाँ आएका छौ। 13परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञाअनुसार, तिमीहरूलाई आफ्‍ना निजी प्रजा हौ भनी पक्‍का गर्नुहुन्‍छ अनि तिमीहरूका परमेश्‍वर बन्‍नुहुन्‍छ। 14यो करार यसका जिम्‍मेवारीसहित परमप्रभुले तिमीहरूसित मात्र बाँध्‍नुभएको छैन। 15आज यहाँ परमप्रभुको अघि खडा हुने हामीहरू सबै जना र अझसम्‍म नजन्‍मेका हाम्रा सन्‍तानहरूसित पनि उहाँले यो करार बाँध्‍नुभएको छ।
16“मिश्रको जीवन कस्‍तो थियो अनि अरू जातिका देशबाट भएर यात्रा गर्दा के भयो, सो तिमीहरूलाई यादै छ। 17काठ, ढुङ्गा, चाँदी र सुनले बनेका तिनका घिनलाग्‍दा मूर्तिहरू तिमीहरूले देख्‍यौ। 18#हिब्रू 12:15आज यहाँ खडा हुने पुरुष, स्‍त्री, परिवार र कुलले हामी कोही पनि परमप्रभु हाम्रा परमेश्‍वरबाट फर्केर र अरू जातिका देव-देवताको पूजा गर्नेछैनौं भनी पक्‍का सङ्कल्‍प गर। नत्रता त्‍यो जरा बढेर एउटा तीतो र विषालु बोट बनेको जस्‍तो हुनेछ। 19आज यी गम्‍भीर वाचाका वचन सुन्‍नेहरूमध्‍ये म ढिट भएर आफ्‍नै बाटो लागिरहे पनि सबै कुरा ठीकै हुनेछ भनी विचार गर्ने कोही व्‍यक्ति हुनुहुँदैन। यो कुरा पक्‍का गर। नत्र तिमीहरू असल र दुष्‍ट सबै नाश हुनेछौ। 20त्‍यस्‍तो मानिसलाई परमप्रभुले क्षमा गर्नुहुन्‍न। बरु परमप्रभुको बल्‍दो क्रोध त्‍यसमाथि दन्‍कनेछ र त्‍यसलाई उहाँले पूरा नाश नपारुञ्‍जेल यस पुस्‍तकमा लेखिएका सारा विपत्तिहरू त्‍यसमाथिपर्नेछ। 21इस्राएलका सबै कुलहरूका अघि त्‍यसलाई परमप्रभुले एउटा नमुना बनाउनुहुनेछ र त्‍यसमाथि आफ्‍ना शिक्षाको यस पुस्‍तकमा लेखिएका करारको सराप बमोजिम जम्‍मै विपत्तिहरू ल्‍याउनुहुनेछ।
22“भविष्‍यका पुस्‍तामा तिम्रा सन्‍तान र टाढा देशबाट आएका विदेशीहरूले तिमीहरूको देशमा परमप्रभुले ल्‍याउनुभएका विपत्ति र कष्‍टहरू देख्‍नेछन्। 23#उत्‍पत्ति 19:24,25खेतबारीहरू गन्‍धक र नुनले ढाकेका उजाड, काम नलाग्‍ने भूमि बन्‍नेछन्। त्‍यहाँ केही कुरो रोपिनेछैन र जङ्गली झारपातसम्‍म त्‍यहाँ उम्रनेछैन। परमप्रभुले औधी क्रोध गरेर नाश गर्नुभएको सदोम र गमोरा, अदमा र सबोयीम सहरहरूजस्‍तै तिमीहरूको देश पनि हुनेछ। 24त्‍यस बेला सारा संसारले प्रश्‍न गर्नेछ, ‘परमप्रभुले किन तिनीहरूका देशलाई यसो गर्नुभयो? उहाँको डरलाग्‍दो रिसको कारण के हो?’ 25अनि त्‍यसको उत्तर यो हुन्‍छ, ‘परमप्रभुका जनले आफ्‍ना पुर्खाका परमेश्‍वरले मिश्रबाट निकाली ल्‍याउनुहुँदा उहाँसित गरेका करार तोडेकोले नै त्‍यसो भएको हो। 26तिनीहरूले अघि कहिल्‍यै नपुजेका अन्‍य देव-देवताको सेवा गरे। परमप्रभुले ती देवताहरूलाई पूजा गर्न मनाही गर्नुभएको थियो। 27अनि परमप्रभु आफ्‍ना प्रजासित रिसाउनुभयो र तिनका देशमा यस पुस्‍तकमा लेखिएका सारा विपत्तिहरू ल्‍याउनुभयो। 28परमप्रभु औधी रिसाउनुभयो र आफ्‍नो ठूलो क्रोधमा तिनीहरूलाई आफ्‍नो देशबाट उखेली विदेशमा फालिदिनुभयो अनि तिनीहरू आज त्‍यहाँ छन्।’
29“परमप्रभु हाम्रा परमेश्‍वरले अरू कति कुरा गुप्‍त राख्‍नुभएको छ। तर उहाँले आफ्‍नो नियम प्रकट गरिदिनुभएको छ अनि हामी र हाम्रा सन्‍तानले सधैँ ती मान्‍नुपर्छ।

अहिले सेलेक्ट गरिएको:

व्‍यवस्‍था 29: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्