YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 27

27
पाटिमा लेखिएका परमेश्‍वका नियमहरू
1तब इस्राएलका अगुवाहरूसित मिली मोशाले मानिसहरूलाई भने, “मैले आज तिमीहरूलाई दिँदैगरेका सबै आदेशहरू पालन गर। 2#यहोशू 8:30-32यर्दन नदी पार गरी परमप्रभुले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा पस्‍दा तिमीहरूले केही ठूल्‍ठूला ढुङ्गाहरू खडा गरी कमेरोले पोत्‍नू 3र यी सबै नियम र आदेशहरू तिनमा लेख्‍नू। परमप्रभु तिम्रा पुर्खाका परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको धनी र मलिलो देशमा पसिसकेपछि 4जब यर्दनको पारिपट्टि पुग्‍छौ, तब मैले आज तिमीहरूलाई भनेझैँ ती ढुङ्गाहरू तिमीहरूले एबाल पहाडमा खडा गरी कमेरोले पोत्‍नू। 5#प्रस्‍थान 20:25त्‍यहाँ कुनै फलामको औजारले नछोएको ढुङ्गाको एउटा वेदी बनाउनू 6किनभने तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति बनाएको कुनै पनि वेदी औजारले नकाटिएका ढुङ्गाले बनाउनुपर्छ। त्‍यहाँ तिमीहरूले आफ्‍ना होमबलिहरू चढाउनू, 7मेलबलिहरू चढाएर खानू अनि परमप्रभु आफ्‍ना परमेश्‍वरको सामु धन्‍यवादी हुनू। 8कमेरोले लिपेका ढुङ्गाहरूमा परमेश्‍वरका नियमहरू प्रत्‍येक शब्‍द सफासित लेख्‍नू।”
9तब लेवी पूजाहारीहरूसित मिलेर मोशाले इस्राएलका सबै मानिसहरूलाई भने, “हे इस्राएलका जन हो! मतिर ध्‍यान देओ र मेरा कुरा सुन। आज तिमीहरू परमप्रभु तिम्रा परमेश्‍वरका प्रजा भएका छौ। 10यसकारण उहाँका आज्ञा मान र मैले आज दिँदैगरेका सबै उहाँका नियमहरू पालन गर।”
आज्ञा नमान्‍नेमाथि आउने सरापहरू
11त्‍यसपछि मोशाले इस्राएलका मानिसहरूलाई भने, 12#व्यवस्था 11:29; यहोशू 8:33-35“तिमीहरूले यर्दन तरिसकेपछि मानिसहरूलाई आशीर्वाद दिएका बेलामा शिमियोन, लेवी, यहूदा, इस्‍साखार, योसेफ र बेन्‍यामीन कुलहरू गीरीज्‍जीम पहाडमा खडा रहनू। 13अनि सराप दिएका बेलामा रूबेन, गाद, आशेर, जबूलून, दान र नप्‍ताली कुलहरू एबाल पहाडमा खडा रहनू। 14लेवीहरूले यी शब्‍द उच्‍च स्‍वरले भन्‍नेछन्:
15 # प्रस्‍थान 20:4; 34:17; लेवी 19:4; 26:1; व्यवस्था 4:15-18; 5:8 “जसले ढुङ्गा, काठ वा धातुको मूर्ति बनाएर गुप्‍तमा त्‍यसको पूजा गर्छ, त्‍यसमाथि परमेश्‍वरको सराप परोस्। परमप्रभुले मूर्तिपूजा घिन गर्नुहुन्‍छ।”
तब सबै मानिसहरूले भन्‍नेछन्, “आमेन!”
16 # प्रस्‍थान 20:12; व्यवस्था 5:16 “आमा-बुबाको अनादर गर्नेमाथि परमेश्‍वरको सराप होस्।” अनि सबै मानिसहरूले भन्‍नेछन्, “आमेन!”
17 # व्यवस्था 19:14 “छिमेकीको साँध-सिमाना हटाउनेमाथि परमेश्‍वरको सराप परोस्।”
अनि सबै मानिसहरूले भन्‍नेछन्, “आमेन!”
18 # लेवी 19:14 “अन्‍धालाई भुल बाटो देखाउनेलाई परमेश्‍वरको सराप परोस्।”
अनि सबै मानिसहरूले भन्‍नेछन्, “आमेन!”
19 # प्रस्‍थान 22:21; 23:9; लेवी 19:33,34; व्यवस्था 24:17,18 “परदेशी, टुहुरा-टुहुरी र विधवाका हक खोस्‍नेमाथि परमेश्‍वरको सराप परोस्।”
अनि सबै मानिसहरूले भन्‍नेछन्, “आमेन!”
20 # लेवी 18:8; 20:11; व्यवस्था 22:30 “बुबाकी कुनै स्‍वास्‍नीसित सम्‍भोग गरेर आफ्‍ना बुबाको अपमान गर्नेलाई परमेश्‍वरको सराप परोस्।”
अनि सबै मानिसहरूले भन्‍नेछन्, “आमेन!”
21 # प्रस्‍थान 22:19; लेवी 18:23; 20:15 “पशुसित सम्‍भोग गर्नेमाथि परमेश्‍वरको सराप परोस्!”
अनि सबै मानिसहरूले भन्‍नेछन्, “आमेन!”
22 # लेवी 18:9; 20:17 “आफ्‍नी बहिनी र सौतेनी बहिनीसित सम्‍भोग गर्नेमाथि परमेश्‍वरको सराप परोस्।”
अनि सबै मानिसहरूले भन्‍नेछन्, “आमेन!”
23 # लेवी 18:17; 20:14 “आफ्‍नी सासूसित सम्‍भोग गर्नेमाथि परमेश्‍वरको सराप परोस्।”
अनि सबै मानिसहरूले भन्‍नेछन्, “आमेन!”
24“लुकेर हत्‍या गर्नेमाथि परमेश्‍वरको सराप परोस्!”
अनि सबै मानिसहरूले भन्‍नेछन्, “आमेन!”
25“निर्दोष मानिसको हत्‍या गर्नलाई घुस लिने मानिसमाथि परमेश्‍वरको सराप परोस्।”
अनि सबै मानिसहरूले भन्‍नेछन्, “आमेन!”
26 # गलाती 3:10 “परमेश्‍वरका सबै आज्ञा र शिक्षाहरू नमान्‍नेमाथि परमेश्‍वरको सराप परोस्।”
अनि सबै मानिसहरूले भन्‍नेछन्, “आमेन!”

अहिले सेलेक्ट गरिएको:

व्‍यवस्‍था 27: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्