व्यवस्था 17
17
1“परमप्रभु तिम्रा परमेश्वरलाई कुनै खोट लागेको गाई-गोरु वा भेडा बलि नचढाउनू, परमप्रभुले तिनलाई घिन गर्नुहुन्छ।
2-3 #
प्रस्थान 22:20
“कुनै पनि सहरमा कोही पुरुष वा स्त्रीले अरू देवताहरू वा घाम, जून वा ताराहरूको पूजा र सेवा गरेर आफ्नो करार तोडी परमप्रभुको आज्ञाको विरुद्धमा पाप गरेको छ भनी तिमीहरूले सुन्यौ भने 4त्यसको पूरा जाँच गर्नू। इस्राएलमा त्यस्तो दुष्ट कुरो भएको रहेछ भने 5त्यस व्यक्तिलाई सहरबाहिर लगि ढुङ्गाले हानेर मार्नू। 6#गन्ती 35:30; व्यवस्था 19:15; मत्ती 18:16; २ कोरिन्थी 13:1; १ तिमोथी 5:19; हिब्रू 10:28तथापि दुई वा त्योभन्दा बढ्ता मानिसहरूले त्यसको विरुद्धमा गवाही दिए भने मात्र त्यसलाई मार्नू, एउटै मात्र साक्षी भए त्यसलाई नमार्नू। 7#१ कोरिन्थी 5:13गवाहहरूले पहिले ढुङ्गाले हान्नेछन् र त्यसपछि अरू बाँकी मानिसहरूले त्यस मानिसलाई ढुङ्गाले हान्नेछन्। यस प्रकार तिमीहरूले त्यस दुष्ट्याइँलाई हटाउनू।
8“अरू कतिवटा मुद्दामा स्थानीय न्यायकर्तालाई निर्णय दिन असाध्यै गाह्रो पर्ला। कुटपिट, हत्या, नर-हत्या, तथा सम्पत्तिको मुद्दा जटिल भए तिमीहरू त्यो एक मात्र आराधना-स्थलमा जानू, जुन परमप्रभु तिम्रा परमेश्वरले चुन्नुभएको छ। 9अनि त्यहाँ लेवी पूजाहारी र त्यस बेलाका न्यायकर्ताको अघि त्यो मुद्दा चलाउनू र तिनीहरूले त्यस मुद्दामा फैसला देऊन्। 10तिनीहरूले आफ्ना फैसला दिनेछन् अनि तिमीहरूले त्यसअनुसार काम गर्नुपर्छ। 11तिनीहरूको निर्णय मानिलिनू र तिनीहरूका आदेश एक-एक गरी पालन गर्नू। 12जसले न्यायकर्ता वा पूजाहारी पदमा रहेको लेवीको निर्णय नमान्ने साहस गर्छ, त्यो मारिनुपर्छ। यस प्रकार तिमीहरूले यस दुष्ट्याइँलाई इस्राएलबाट हटाउनुपर्नेछ। 13तब सबैले त्यसबारे सुनी डराउनेछन् र त्यस्तो काम गर्न साहस गर्नेछैनन्।
राज्यसम्बन्धी आदेशहरू
14 #
१ शमूएल 8:5
“परमप्रभु तिम्रा परमेश्वरले दिन लाग्नुभएको देश तिमीहरूले अधीनमा लिएर त्यहाँ बसोबास गरिसकेपछि तिमीहरूले आफ्ना चारैपट्टिका जातिहरूको जस्तै हामीलाई पनि राजाको आवश्यक छ भनी निर्णय गर्नेछौ। 15जुन मानिसलाई तिमी राजा चुन्नेछौ, तिनलाई परमप्रभुले पनि चुन्नुभएको हो भनी पहिल्यै पक्का गरी बुझिलिनू। तिनी तिम्रा आफ्नै जातिका मानिस हुनुपर्छ। कुनै विदेशीलाई आफ्ना राजा नबनाउनू। 16#१ राजा 10:28; २ इतिहास 1:16; 9:28राजाले आफ्ना सेनाका लागि धेरै सङ्ख्यामा घोडाहरू राख्नुहुन्न अनि घोडा किन्नलाई मानिसहरू मिश्रमा पठाउनुहुन्न किनभने मेरा जन त्यहाँ कहिल्यै फर्कनेछैनन् भनी परमप्रभुले भन्नुभएको छ। 17#१ राजा 11:1-8; १ राजा 10:14-22,27; २ इतिहास 1:15; 9:27राजाका धेरै स्वास्नीहरू हुनुहुन्न किनभने त्यसले तिनलाई परमप्रभुबाट टाढा पार्नेछ। अनि तिनले आफैंलाई सुन र चाँदीले धनी बनाउनुहुन्न। 18तिनी राजा भएपछि तिनले परमेश्वरका नियम र शिक्षाहरूको पुस्तकको एउटा नक्कल आफूसँग राख्नुपर्छ, जसको सक्कल प्रति लेवी पूजाहारीहरूसँग रहन्छ। 19त्यो पुस्तक तिनले आफ्ना छेउमा राखेर आफ्नो जीवनभरि त्यहाँबाट पढ्नेछन् अनि त्यसरी तिनले परमप्रभुलाई आदर गर्न र उहाँले आज्ञा गर्नुभएको हरकुरो विश्वासयोग्यसाथ पालन गर्न सिक्नेछन्। 20त्यस पुस्तकले तिनलाई अरू इस्राएलीभन्दा आफू असल छु भनी विचार गर्ने र परमप्रभुका आज्ञापालन नगर्नदेखि रोक्नेछ। तब तिनले धेरै वर्षसम्म राज गर्नेछन् अनि तिनका छोरा-नातिहरूले इस्राएलमा पुस्ता-पुस्ता राज गर्नेछन्।
अहिले सेलेक्ट गरिएको:
व्यवस्था 17: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.