दानिएल पुस्तक परिचय
पुस्तक परिचय
एउटा मूर्तिपूजक राजाको अधीनमा यहूदीहरूले सतावट र अत्याचार सही ठूलो कष्ट भोगेका बेलामा दानिएलको पुस्तक लेखिएको थियो। कथाहरूद्वारा दर्शनहरूको वर्णन गरेर परमेश्वरले अत्याचारीको पतन गराई आफ्ना प्रजाको उद्धार र पुनरुत्थान गराउनुहुन्छ भन्ने कुराको आशा दिएर लेखकले आफ्ना समयका मानिसहरूलाई साहस दिन्छन्।
यस पुस्तकमा दुई मूल भाग छन्– १) दानिएल र उनका कतिपय देश-निकाला भएका साथीहरूका कथाहरू; यी मानिसहरूले परमेश्वरप्रति आफ्नो विश्वास र आज्ञापालनद्वारा शत्रुहरूमाथि विजय गर्छन्। यी कथाहरूमा वर्णन गरिएका घटनाहरू बाबेल र फारस देशले आफ्ना वरिपरिका सारा देशहरूमाथि शासन गरेका बेलामा भएका घटनाहरू हुन्। २) दानिएलले देखेका दर्शनहरू; ती दर्शनमा चिन्हहरूद्वारा बाबेलबाट सुरु गरी धेरै साम्राज्यका उत्थान र पतन देखाइएका छन्। मूर्तिपूजक र अत्याचारी राजाको हार साथै परमेश्वरका प्रजाका विजयको विषयमा अगमवाणी गरिएका छन्।
संक्षिप्त विषय-सूची
दानिएल र उनका साथीहरू १:१—६:२८
दानिएलका दर्शनहरू ७:१—११:४५
क) चार वटा जनावरहरू ७:१-२८
ख) साँढ-भेडा र बोका ८:१—९:२७
ग) खबर दिने स्वर्गदूत १०:१—११:४५
घ) अन्तिम समय १२:१-१३
अहिले सेलेक्ट गरिएको:
दानिएल पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.