YouVersion लोगो
खोज आइकन

कलस्सी 3:8-15

कलस्सी 3:8-15 सरल नेपाली

तर अब तिमीहरूले रिस-राग, डाहा, निन्‍दा, गाली आफूबाट हटाउनुपर्छ। तिमीहरूले कसैलाई ढाँट्‍ने काम नगर किनभने आफ्‍ना पुरानो जीवन र त्‍यसका बानीबेहोरा छोडिसकेका छौ। अब त तिमीहरूले नयाँ स्वभाव धारण गरेका छौ। उहाँको पूर्ण ज्ञान तिमीहरूले पाओ भनेर परमेश्‍वर यसको सृष्‍टिकर्ताले यो स्वभाव उहाँकै स्‍वरूपमा सधैँ नयाँ पारिरहनुहुन्‍छ। यसकारण यहाँ इस्राएली र ग्रीक, शरीरमा खतना गरेका र नगरेका, असभ्य, अशिक्षित, कमारा र फुक्‍का कुनैको भेद रहँदैन तर ख्रीष्‍ट मात्र हुनुहुन्‍छ र ख्रीष्‍ट नै सबैमा हुनुहुन्‍छ। तिमीहरू नै परमेश्‍वरले छानेका प्‍यारा पवित्र जनहरू हौ। यसकारण तिमीहरूले माया, दया, नम्रता, सोझोपन, सहनेशक्ति लुगाजस्‍तै लाउनुपर्छ। तिमीहरूले एक-अर्कालाई सहेर प्रेम देखाओ, कसैको विरोधमा केही कुरो छ भने माफ गर। प्रभुले तिमीहरूलाई माफ गर्नुभएझैँ तिमीहरूले पनि एक-अर्कालाई माफ गर। यी सबै गुणहरूभन्दा बेसी प्रेमलाई अपनाओ किनभने प्रेमले नै सबै कुरालाई पूर्ण एकतामा ल्‍याउँछ। ख्रीष्‍टको शान्‍तिले तिमीहरूका हृदयमा राज्‍य गरोस्। यही शान्‍तिको लागि नै परमेश्‍वरले तिमीहरूलाई एउटै शरीरमा बोलाउनुभएको हो। यसमा तिमीहरू धन्‍यवादी होओ।

कलस्सी 3 पढ्नुहोस्