तिमीहरू नै परमेश्वरले छानेका प्यारा पवित्र जनहरू हौ। यसकारण तिमीहरूले माया, दया, नम्रता, सोझोपन, सहनेशक्ति लुगाजस्तै लाउनुपर्छ। तिमीहरूले एक-अर्कालाई सहेर प्रेम देखाओ, कसैको विरोधमा केही कुरो छ भने माफ गर। प्रभुले तिमीहरूलाई माफ गर्नुभएझैँ तिमीहरूले पनि एक-अर्कालाई माफ गर। यी सबै गुणहरूभन्दा बेसी प्रेमलाई अपनाओ किनभने प्रेमले नै सबै कुरालाई पूर्ण एकतामा ल्याउँछ। ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। यही शान्तिको लागि नै परमेश्वरले तिमीहरूलाई एउटै शरीरमा बोलाउनुभएको हो। यसमा तिमीहरू धन्यवादी होओ।
कलस्सी 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: कलस्सी 3:12-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू