YouVersion लोगो
खोज आइकन

प्रेरित 27:1-12

प्रेरित 27:1-12 सरल नेपाली

हामीहरू इटालिया देश जाने निधो भएपछि उनीहरूले पावललाई अरू कैदीहरूसँगै सम्राटका सेनाका कप्‍तान युलियसको जिम्‍मामा छोडिदिए। हामी एड्रामिटेनोस सहरबाट आएर एशिया इलाकाको धेरै बन्‍दरगाहहरू भएर जान लागेको पानीजहाजमा चढेर बाटो लाग्‍यौं। माकेडोनिया इलाकामा पर्ने थेसलोनिके सहरबाट आएका अरिस्‍तार्खस पनि हामीसँगै थिए। भोलिपल्‍ट हामी सीदोन सहरमा पुग्‍यौं। त्‍यस ठाउँमा कप्‍तान युलियसले पावललाई दया गरेर आफ्‍ना साथी-भाइहरूकहाँ गई भेटघाट गर्ने र चाहिएको जति सहायता लिने मौका दिए। त्‍यहाँबाट हाम्रो पानीजहाज फेरि बाटो लाग्‍यो। तर जहाजको अघिल्‍तिरबाट हावा चलेकोले हामीले साइप्रस टापुको छेउबाट हावा छेल्‍दै जानुपर्‍यो। किलिकिया र पामफिलिया क्षेत्रको छेउमा भएको समुद्र पार गरेर हामी लुकिया क्षेत्रमा पर्ने माइरा सहरमा आइपुग्‍यौं। त्‍यहाँ कप्‍तान युलियसले अलेक्‍जेन्ड्रिया सहरबाट इटालिया देशमा जाने जहाज भेटे र उनले हामीलाई त्‍यही जहाजमा चढ्‍न लगाए। हावा अघिल्‍तिरबाट चलेकोले हामी धेरै दिनसम्‍म बिस्‍तारै-बिस्‍तारै अघि बढेर बल्‍ल क्‍नीडस सहरको नजिकै पुग्‍यौं। त्‍यहाँ पुग्‍दा हावाले हामीलाई अझै अगाडि जान दिएन। त्‍यसैले हामी क्रेट टापुबाट छेकिंदै सालमोने भन्‍ने ठाउँबाट गयौं। धेरै कठिनसँग टापुको किनारै-किनार हामी लासिया सहरको नजिक भएको सुन्‍दर बन्‍दरगाह भन्‍ने ठाउँमा आइपुग्‍यौं। त्‍यहाँ पुग्‍नलाई धेरै समय बरबाद भएको थियो। उपवास बस्‍ने विशेष दिन पनि बितिसकेको थियो र त्‍यस जाडोको मौसममा आइरहने आँधीबेहरीले गर्दा अब पानीजहाजबाट अघि बढ्‍न खतरा भएको थियो। त्‍यसो हुँदा पावलले आफूलाई कुर्ने मानिसहरूलाई यसो भन्‍दै सम्‍झाए, “मित्रहरू हो, मलाई निश्‍चय यस्‍तो लाग्‍छ, हामी अहिले पानीजहाजमा यहाँबाट गयौं भने जहाज र यसका मालसामान मात्र नाश हुने होइन, तर हाम्रै ज्‍यान पनि जाने डर छ।” तर कप्‍तानले पावलले भनेका कुरा पत्‍याएनन्। तर तिनले जहाज चलाउने र जहाजका मालिकले भनेका कुरामा बढी पत्‍यार गरे। जाडोको समय बिताउन त्‍यो बन्‍दरगाह राम्रो पनि थिएन। त्‍यसो हुँदा धेरैजसो मानिसहरू कुनै हालतले पनि त्‍यहाँबाट गएर फोनिक्‍स सहर पुग्‍ने कोसिसमा थिए। क्रेट टापुमा भएको त्‍यस फोनिक्‍स सहरमा चाहिँ दक्षिण-पश्‍चिम र उत्तर-पश्‍चिमतिर फर्केको बन्‍दरगाह थियो।

प्रेरित 27 पढ्नुहोस्

Video for प्रेरित 27:1-12