YouVersion लोगो
खोज आइकन

प्रेरित 2:41-47

प्रेरित 2:41-47 सरल नेपाली

धेरैले पत्रुसले दिएको सन्‍देशमा विश्‍वास गरे र बप्‍तिस्‍मा लिए। त्‍यस दिन बप्‍तिस्‍मा लिने मानिसहरू झण्‍डै तीन हजार जति थिए। तिनीहरू प्रेरितहरूसँग सिक्‍ने, संगति गर्ने, भोजमा भाग लिने र प्रार्थनामा लगातार लागिरहने गर्दथे। प्रेरितहरूले अचम्‍मका कामहरू गर्दै धेरै चिन्‍हहरू देखाउँदथे। त्‍यसो हुँदा मानिसहरूले परमेश्‍वरको डर मान्‍न लागे। प्रभुमा विश्‍वास गर्नेहरू सधैँ भेला हुन्‍थे। तिनीहरूका सबै कुरा साझा हुन्‍थे। तिनीहरूले आफ्‍ना जग्‍गाजमिन र चीजबीज बेचेर एक-अर्काको खाँचोअनुसार बाँड्‍ने गर्दथे। दिनहुँ तिनीहरू मन्‍दिरमा जम्‍मा हुन्‍थे र घर-घरमा मिलेर खुसी र नम्र भएर भोजन खान्‍थे र सधैँ परमेश्‍वरको प्रशंसा गर्थे। अरू मानिसहरूले पनि तिनीहरूलाई मन पराउँथे। उद्धार पाएकाहरूको सङ्‍ख्‍या तिनीहरूको झुण्‍डमा प्रभुले दिनदिनै बढाइदिनुभयो।

प्रेरित 2 पढ्नुहोस्

प्रेरित 2:41-47 को लागि भिडियो