त्यसपछि पिसिदिया क्षेत्रको एन्टिओखिया र आइकोनियन सहरबाट केही यहूदीहरू त्यहाँ आए। तिनीहरूले मानिसको हुललाई उक्साएर पावललाई ढुङ्गाले हिर्काएर मार्न लगाए अनि मर्यो भन्ने सम्झी उनलाई घिस्सार्दै लगेर सहरबाहिर फ्याँकिदिए। तर प्रभुका चेलाहरू आएर पावलको वरिपरि जम्मा हुँदा उनी उठेर सहरतिर लागे। भोलिपल्ट उनी बारनाबाससँगै डर्बी सहरमा गए। पावल र बारनाबासले डर्बी सहरमा सुसमाचार प्रचार गरेर धेरैलाई प्रभु येशूका चेला बनाए। त्यसपछि तिनीहरू लुस्त्रा र आइकोनियन सहरबाट भएर पिसिदिया क्षेत्रको एन्टिओखियामा फर्के। तिनीहरूले ती ठाउँहरूमा भएका प्रभुका चेलाहरूलाई बलियो बनाउँदै विश्वासमा रहिरहने हौसला दिए। “परमेश्वरको राज्यमा पुग्नुभन्दा अघि हामीले दु:ख, कष्ट र खेदो सहनुपर्छ,” भन्ने कुरा सिकाए। तिनीहरूले प्रत्येक मण्डलीमा धर्म-गुरूहरू नियुक्त गरिदिए अनि उपवास बसेर प्रार्थना गर्दै ती चेलाहरूलाई आफूले विश्वास गरेका प्रभुको चरणमा सुम्पिदिए। पिसिदिया इलाका भएर तिनीहरू पामफिलिया क्षेत्रमा फर्केर आए। पर्गा क्षेत्रमा पनि तिनीहरूले प्रभु येशू ख्रीष्टको प्रचार गरे। त्यसपछि तिनीहरू अटालिया सहरतिर झरे। त्यहाँ पानीजहाजमा चढेर एन्टिओखिया सहरमा फर्किए। यही एन्टिओखिया सहरका प्रभुमा विश्वास गर्ने दाजुभाइहरूले पावल र बारनाबासलाई परमेश्वरको अनुग्रहमा सुम्पिदिएर प्रचारको काममा पठाएका थिए र त्यो काम पूरा गरेर उनीहरू त्यहीँ नै फर्किए। एन्टिओखियामा फर्केर आइपुगेपछि पावल र बारनाबासले मण्डलीका सबैलाई बोलाए। परमेश्वरले उनीहरूद्वारा कस्तो-कस्तो काम गर्नुभयो र उहाँले अरू जातिका मानिसहरूलाई पनि विश्वास गर्ने बाटो खोलिदिनुभयो भन्ने कुरा उनीहरूले तिनीहरूलाई सुनाए। त्यसपछि उनीहरू निकै दिनसम्म एन्टिओखियाका मण्डलीका दाजुभाइहरूसँग बसे।
प्रेरित 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 14:19-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू