YouVersion लोगो
खोज आइकन

२ थेसलोनिकी 1

1
1 # प्रेरित 17:1 हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टको थेसलोनिकामा भएको मण्‍डलीलाई हामी पावल, सिलास र तिमोथीले यो पत्र लेख्‍दै छौं। 2तिमीहरूलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टले अनुग्रह र शान्‍ति देऊन्।
ख्रीष्‍टले गर्नुहुने न्‍याय
3दाजुभाइहरू, तिमीहरूको विश्‍वास धेरै बढेर गएको छ। प्रेम पनि एक-अर्कामा झन्-झन् बढ्दै छ। यसकारण तिमीहरूको बारेमा सधैँ हामीले परमेश्‍वरलाई धन्‍यवाद दिनैपर्दछ। 4यस्‍तै तिमीहरूको सतावट र दु:ख सहने शक्ति र विश्‍वासको बारेमा हामी परमेश्‍वरको मण्‍डलीभित्र घमण्‍ड गरेर बोल्‍न सक्‍छौं। 5यी सबै तिमीहरूलाई परमेश्‍वरको राज्‍यको योग्‍य ठहर्‍याउने परमेश्‍वर न्‍यायी हुनुहुन्‍छ भन्‍ने प्रमाण हो। तिमीहरूले त्‍यही राज्‍यको कारण दु:ख पनि भोग्‍दै छौ। 6परमेश्‍वर न्‍यायी हुनुभएकोले, उहाँले तिमीहरूलाई दु:ख दिनेहरूलाई बदला लिएर ठीकै गर्नुहुनेछ। 7दु:ख सहने तिमीहरू र हामीहरूलाई उहाँले छुटकारा दिनुहुनेछ। उहाँले प्रभु येशू शक्तिशाली दूतहरूसँग स्‍वर्गबाट आउनुहुँदा यी सब गर्नुहुनेछ। 8अनि परमेश्‍वरलाई नमान्‍ने र हाम्रा प्रभु येशूको सुसमाचारलाई नटेर्नेहरूलाई आगोको ज्‍वालामा आएर उहाँले दण्ड दिनुहुनेछ। 9#यशैया 2:10तिनीहरूको सजायचाहिँ तिनीहरू प्रभुको शक्तिशाली उज्‍यालो र संगतिबाट निकालिनेछन् अनि सधैँभरिका लागि नाश गरिनेछन्।
10यी कुरा प्रभु येशू आउनुहुने दिनमा हुन्‍छन्। त्‍यस दिन प्रभु येशूले आफ्‍ना पवित्र जनहरूबाट र सबै विश्‍वासीहरूबाट आदर र स्‍तुति पाउनुहुनेछ। तिमीहरू पनि तिनीहरूसँग हुन्‍छौ किनभने तिमीहरूले हाम्रो साक्षी पत्‍यायौ।
11यसैकारण परमेश्‍वरले जुन जीवनको लागि तिमीहरू बोलाइएका छौ, त्‍यसको योग्‍य बनाउन र उहाँको शक्तिले राम्रो गर्ने इच्‍छा र विश्‍वासका काम पूरा गर्न सहायता गरून् भनी हामी प्रार्थना गर्छौं। 12त्‍यसो भएमा तिमीहरूबाट हाम्रा प्रभु येशूको नाउँको आदर हुनेछ अनि उहाँबाट तिमीहरूको पनि आदर हुनेछ किनभने तिमीहरूले परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह पाएका छौ।

अहिले सेलेक्ट गरिएको:

२ थेसलोनिकी 1: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्