YouVersion लोगो
खोज आइकन

२ इतिहास पुस्‍तक परिचय

पुस्‍तक परिचय
इतिहासको पहिलो पुस्‍तक सकिएपछि दोस्रो पुस्‍तक सुरु हुन्‍छ अनि त्‍यो सोलोमन राजाको शासनकालको घटनाको विवरणले सुरु भएर यरूशलेमको पतनको कथामा टुङ्गिन्‍छ। तिनी मरेपछि तिनका छोरा रहबाम राजा भए। रहबामको राज्‍यकालमा उत्तरका कुलहरूले यारोबामको अगुवाइमा विद्रोह गर्छन्। त्‍यस विद्रोहको बयानपछि यस पुस्‍तकमा केवल दक्षिणको यहूदा राज्‍यको इतिहास पाइन्‍छ। ख्रीष्‍ट पूर्व ५८६ संवत्‌मा यरूशलेम सहरको पतन भएसम्‍मको इतिहास यस पुस्‍तकमा छ।
संक्षिप्‍त विषय-सूची
सोलोमनको राज्‍य १:१—९:३१
क) सुरुको समय १:१-१७
ख) मन्‍दिर बनिन्‍छ २:१—७:१०
ग) पछिल्‍लो समय ७:११—९:३१
उत्तरका कुलहरूको विद्रोह १०:१-१९
यहूदाका राजाहरू ११:१—३६:१२
यरूशलेमको पतन ३६:१३-२३

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्