YouVersion लोगो
खोज आइकन

२ इतिहास 24

24
यहूदाका राजा योआश
(२ राजा १२:१-१६)
1सात वर्षको उमेरमा योआश यहूदाका राजा भए र उनले चालीस वर्ष यरूशलेममा राज्‍य गरे। उनकी आमा बेर्शेबा सहरकी सिब्‍या थिइन्। 2यहोयादा पूजाहारी जीवित रहुञ्‍जेल योआशले परमप्रभुलाई खुसी पार्ने काम गरे। 3योआश राजाको निम्‍ति यहोयादाले दुई वटी स्‍वास्‍नीहरू चुने र तिनीहरूबाट उनका छोरा-छोरीहरू जन्‍मे।
4राजा भएको केही समयपछि योआशले मन्‍दिर मरमत गर्ने निश्‍चय गरे। 5उनले पूजाहारी र लेवीहरूलाई यहूदाका सहरहरूमा गई हरेक वर्ष मन्‍दिर मरमत गर्नलाई पुग्‍दो रकम जम्‍मा गर्न आज्ञा दिए। त्‍यो काम झट्टै गर्न उनले भने तर लेवीहरूले ढीलो गरिबसे 6#प्रस्‍थान 30:11-16र तिनीहरूका अगुवा यहोयादालाई बोलाएर उनले सोधे, “परमप्रभुको सेवक मोशाले परमप्रभुले बास गर्ने पवित्र पालको रेख-देखको लागि मानिसहरूले तिर्न तोकेका कर यरूशलेम र यहूदाका मानिसहरूबाट किन लेवीहरूलाई उठाउन लाउनुभएको छैन?”
7भ्रष्‍टाचारी अतल्‍याहको पछि लाग्‍नेहरूले मन्‍दिर बिगारेका थिए र त्‍यसका धेरै पवित्र वस्‍तुहरू बालको आराधना गर्दा चलाउने गरेका थिए।)
8राजाले लेवीहरूलाई पैसा हाल्‍ने सन्‍दुक बनाएर मन्‍दिरको मूल-ढोकामा राख्‍ने आज्ञा दिए। 9परमेश्‍वरका सेवक मोशाले सुरु गरेर उजाड-स्‍थानमा उठाएको कर अब फेरि परमप्रभुकहाँ लिएर आउन तिनीहरूले सम्पूर्ण यहूदा र यरूशलेममा खबर गरे। 10त्‍यो कुरा सुनेर मानिसहरू र तिनीहरूका अगुवाहरू सबै खुसी भए र आ-आफ्‍ना कर लिएर आई सन्‍दुक भरिदिए। 11हरेक दिन लेवीहरूले सन्‍दुक बोकेर त्‍यसका निम्‍ति खटाइएका राजाका अधिकृतकहाँ पुर्‍याउँथे। सन्‍दुक भरिएपछि राजाका सचिव र मुख्‍य पूजाहारीका प्रतिनिधिहरूले पैसा निकाल्‍थे र सन्‍दुक त्‍यस ठाउँमा फर्काइदिन्‍थे। यसरी तिनीहरूले ठूलो रकम जम्‍मा गरे।
12राजा र यहोयादाले मन्‍दिर मरमत गर्ने जिम्‍मा लिएका मानिसहरूलाई पैसा दिन्‍थे र तिनीहरूले ज्‍यालामा ढुङ्गा, काठ र धातुका काम गर्नेहरूलाई मन्‍दिर मरमत गर्ने काममा लाउँथे। 13काम गर्नेहरू सबै खटेर काम गर्थे। तिनीहरूले मन्‍दिर बनाएर पहिलेको जस्‍तै अवस्‍थामा फेरि पुर्‍याए र त्‍यस्‍तै बलियो बनाए। 14मरमत गरिसकेपछि उब्रेका सुन, चाँदी राजा र यहोयादालाई फर्काइदिए। तिनीहरूले ती सुन र चाँदीबाट मन्‍दिरको निम्‍ति बटुका र अरू भाँडा-कुँडा बनाउन लाए।
यहोयादाको नीति फेरिन्छ
यहोयादा बाँचुञ्‍जेल ठीक प्रकारले मन्‍दिरमा बलिदानहरू चढाइन्‍थे। 15धरै बुढो भई एक सय तीस वर्ष उमेर पुगेपछि उनी मरे। 16इस्राएलका प्रजा, परमेश्‍वर र मन्‍दिरका निम्‍ति उनले गरेका कामहरूबारे मान्‍यता दिएर तिनीहरूले उनलाई दाऊदको सहरका राजाहरूको चिहानमा गाडे। 17तर यहोयादा मरेपछि यहूदाका अगुवाहरूले आफ्‍ना कुरा सुन्‍न योआश राजालाई बाध्‍य गराए। 18यसरी मानिसहरूले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई मन्‍दिरमा पुज्‍न थाले। तिनीहरूले अशेरा देवी र अरू देवताका मूर्तिहरू पुज्‍न थाले। तिनीहरूका पापका कारणले यहूदा र यरूशलेममाथि परमप्रभुको क्रोध पर्‍यो। 19परमप्रभुले आफूकहाँ फर्कन चेतावनी दिन अगमवक्ताहरू पठाउनुभयो तर मानिसहरूले तिनीहरूका कुरा सुनेनन्। 20#मत्ती 23:35; लूका 11:51तब परमेश्‍वरका आत्‍मा पूजाहारी यहोयादाका छोरा जकरियामा उत्रिआउनुभयो। उनी मानिसहरूले देख्‍ने ठाउँमा उभिए र यसरी भने, “किन तिमीहरूले मेरा आज्ञा मानेनौ र यो विनाश आफूमाथि ल्‍यायौ भनी परमप्रभु परमेश्‍वर सोध्‍नुहुन्‍छ। तिमीहरूले उहाँलाई त्‍याग्‍यौ र उहाँले तिमीहरूलाई त्‍याग्‍नुभएको छ!” 21जकरियाको विरुद्धमा भएको षड्‌यन्‍त्रमा योआश राजाले साथ दिए र राजाका आज्ञाले मानिसहरूले जकरियालाई मन्‍दिरको आँगनमा ढुङ्गाले हानेर मारे। 22जकरियाका पिता यहोयादाले गरेका राजभक्तिको सेवा राजाले बिर्से र जकरियालाई मार्न लाए। मर्ने बेलामा उनले यसरी कराएर भने, “तिमीहरूले के गरिरहेका छौ, सो परमप्रभुले देखून् र तिमीलाई दण्‍ड देऊन्!”
योआशका शासनको अन्‍त
23त्‍यो वर्ष बसन्‍त ऋतुमा अरामी सेनाले यहूदा र यरूशलेममा हमला गरे। त्‍यहाँका सबै अगुवाहरूलाई मारे र लुटका धेरै सामान दमस्‍कसमा लगे। 24अरामी सेना सानो थियो तर परमप्रभुले तिनीहरूलाई आफूभन्दा धेरै ठूलो यहूदाका सेनामाथि विजय दिनुभयो किनभने यहूदाका मानिसहरूले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागेका थिए। योआश राजाले त्‍यसरी दण्‍ड पाए। 25उनलाई ठूलो चोट लाग्‍यो। शत्रुहरू फर्किगएपछि आफ्‍नै दुई जना भारदारहरूले उनको विरुद्धमा जाल रचे र सुतेकै ठाउँमा उनलाई मारे। यसरी तिनीहरूले पूजाहारी यहोयादाका छोराको हत्‍याको बदला लिए। उनलाई दाऊदको सहरमा त गाडे तर राजाको चिहानमा राखेनन्। 26उनको विरुद्धमा जाल गर्नेहरू यी थिए– शिम्‍मत नाम गरेकी एउटी अम्‍मोनी स्‍त्रीका छोरा जाबाद र शिम्रित नाम गरेकी एउटी मोआबी स्‍त्रीका छोरा यहोजाबाद।) 27राजाहरूका पुस्‍तकहरूमाथि भएका टीका-टिप्‍पणीका पुस्‍तकमा योआशका छोराहरू, उनको विरुद्धमा भएका अगमवाणी र उनले कसरी मन्‍दिर फेरि नयाँ गरी बनाएका थिए, तीबारे वर्णन गरिएको छ। उनीपछि उनका छोरा अमस्‍याह राजा भए।

अहिले सेलेक्ट गरिएको:

२ इतिहास 24: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्