अब म तिमीहरूकहाँ भएका मण्डलीका धर्म-गुरुहरूलाई भन्दछु। म पनि मण्डलीकै गुरु हुँ अनि ख्रीष्टले भोग्नुभएको दु:ख आफैंले देखेको छु र पछि प्रकट हुने सम्मान्को पनि साझेदार हुनेछु। त्यसैले भन्दछु, तिमीहरू खुसीसँग, करकापमा परेर होइन, तर परमेश्वरले चाहनुभएजस्तो परमेश्वरले तिमीहरूको जिम्मामा दिनुभएको बगालको गोठालो बनिदेओ। पैसाको लागि होइन, तर सेवा गर्ने मन लिएर यो काम गर। तिमीहरूको जिम्मामा भएकाहरूमाथि हुकुम चलाउने होइन, तर उनीहरूका अघि आफैं नमुना बन। मूल गोठालो आउनुहुँदा सधैँभरि चम्किरहने चहकिलो मुकुट पाउनेछौ। तन्नेरी मानिसहरूले पनि आफूभन्दा ठूलाहरूका अधीनमा रहने गर। तिमीहरू नम्र भएर बस अनि एक-अर्काको सेवा गर। धर्मशास्त्रले भन्छ, “परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूमाथि अनुग्रह राख्नुहुन्छ।” त्यसो हुँदा परमेश्वरका शक्तिशाली हातमुनि रहेर नम्र होओ र उहाँले तिमीहरूलाई ठीक समयमा ठूलो बनाउनुहुनेछ। आफ्ना सबै फिक्री उहाँका अघि राखिदेओ किनभने उहाँले नै तिमीहरूको हेर-विचार गर्नुहुन्छ। होश राख अनि चनाखो बन। तिमीहरूको शत्रु शैतान गर्जने सिंहजस्तै कसैलाई फेला पारूँ र खाऊँ भनेर दाउमा घुमिरहेको छ। विश्वासमा दह्रो भएर शैतानको विरोध गर किनभने तिमीहरूजस्तै चारैतिर अरू विश्वासीहरूले पनि दु:ख भोगेका छन् भन्ने तिमीहरूलाई थाहै छ। अलिबेर दु:ख उठाएपछि सबै अनुग्रहले पूर्ण परमेश्वरले ख्रीष्ट येशूमा तिमीहरूलाई अनन्त महिमा बाँड्न बोलाउनुहुन्छ र उहाँले नै तिमीहरूलाई सिद्ध पार्नुहुन्छ र शक्ति दिएर दरिलो बनाई पक्का जगमा राख्नुहुनेछ। सधैँभरि शाक्ति उहाँकै होस्। आमेन।
१ पत्रुस 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ पत्रुस 5:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू