राम्रो काम गर्दा पनि दु:ख भोग्नुपर्यो भने तिमीहरू कति धन्यका हौ। कसैसँग नडराओ र चिन्ता नगर। तर आफ्ना हृदयमा ख्रीष्टको श्रद्धा राख र उहाँलाई आफ्नो जीवनको स्वामी मान। तिमीहरूभित्र भएको आशाको बारेमा कसैले सोधे भने त्यसका बारेमा बताउन तयार बस। तर यसरी बताउँदा नम्र भएर आदरसाथ बोल्ने गर। आफ्नो विवेक सफा राख। त्यसो हुँदा तिमीहरूले ख्रीष्टलाई पछ्याउँदा गरेका असल चालचलनलाई देखेर तिमीहरूको बदनाम गर्नेहरूचाहिँ आफैं लाजमा पर्नेछन्। नराम्रा काम गरेर दु:ख भोग्नुभन्दा राम्रो काम गरेर परमेश्वरको इच्छाअनुसार दु:ख भोग्नु झन् असल हो किनभने ख्रीष्ट सधैँभरि पुग्ने गरी पापका लागि मरिदिनुभयो। तिमीहरूलाई परमेश्वरकहाँ पुर्याउन पापबिनाको भएर पनि पापीका लागि मरिदिनुभयो। उहाँ मानिसको शरीरमा हुँदा मारिनुभयो, तर आत्माको शक्तिले जिउँदो हुनुभयो।
१ पत्रुस 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ पत्रुस 3:14-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू