YouVersion लोगो
खोज आइकन

१ राजा पुस्‍तक परिचय

पुस्‍तक परिचय
शमूएलका पुस्‍तकमा सुरु भएको इस्राएली राजाहरूको इतिहास यस पुस्‍तकमा अघि बढ्दछ। यसलाई तीन भागमा बाँड्‍न सकिन्‍छ: १) सोलोमन इस्राएल, यहूदाका राजा भएका र दाऊदको मृत्‍यु २) सोलोमनको शासनकाल र देशमा भएको उन्‍नति, विशेष गरी यरूशलेमको मन्‍दिरको निर्माण, ३) इस्राएल राष्‍ट्र उत्तर र दक्षिणका राज्‍यहरूमा विभाजन र नवौँ शताब्‍दीको मध्यसम्‍मका राजाहरूका शासनकालको विवरण।
राजाहरूका दुई पुस्‍तकमा परमेश्‍वरप्रति भक्तिका आधारमा प्रत्‍येक राजाको अध्‍ययन गरिएको छ। यही भक्ति राज्यको सफलताको आधार रहेको छ। अर्कोपट्टि मूर्ति-पूजा र अनाज्ञाकारीताले देशमा विपत्ति ल्‍याउँछ। यस जाँचमा उत्तरका राजाहरू सबै असफल हुँन्छन्, यहूदाका राजाहरूका इतिहासमा सफलता र असफलता दुवै पाइन्‍छन्। राजाहरूको पहिलो पुस्‍तकमा परमप्रभुका अगमवक्ताहरू मुख्‍य रहेका छन्। ती अगमवक्ताहरूले मानिसहरूलाई मूर्ति-पूजा नगर्नू अनि परमेश्‍वरका आज्ञाहरू नतोड्‍नू भनी चेतावनी दिन्थे। तीमध्‍ये एलिया र तिनले बाल-देवताका पूजाहारीहरूसित गरेका सङ्ग्रामको कथा प्रसिद्ध छ।
संक्षिप्‍त विषय-सूची
दाऊदको राज्‍यकालको अन्‍त १:१—२:१२
सोलोमन राजा हुन्छन् २:१३-४६
सोलोमनको राज्‍यकाल ३:१—११:४३
विभाजित राज्य १२:१—२२:५३

अहिले सेलेक्ट गरिएको:

१ राजा पुस्‍तक परिचय: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्