तब परमप्रभुले एलियालाई भन्नुभयो, “अब सीदोनको छेउमा भएको सारपत सहरमा जा र त्यहाँ बस्। त्यहाँ बास गर्ने एउटी विधवालाई मैले तँलाई खुवाउन आज्ञा गरेको छु।” एलिया सारपतमा गए। उनी सहरको ढोकानिर आइपुग्दा एउटी विधवालाई दाउरा बटुलिरहेकी देखे। उनले विधवालाई भने, “मलाई अलिकता पानी पिउनलाई ल्याइदेऊ।” विधवा पानी ल्याउन जाँदैगर्दा उनले फेरि तिनलाई कराएर भने, “मलाई केही रोटी पनि ल्याइदेऊ।” तर तिनले भनिन्, “जीवित परमप्रभु तपाईंका परमेश्वरलाई साक्षी राखी म साँच्चै भन्दछु, भाँडामा एक मुठ्ठी पीठो र ढुङ्ग्रोमा अलिकता तेलबाहेक मसित केही रोटी छैन। म दाउरा घरमा लगी मसित भएको धेर-थोर जे छ, त्यो आमा र छोराले खाऔं भनेर यहाँ केही दाउरा बटुल्न आएथें। त्यो हाम्रो अन्तिम गाँस हुनेछ र त्यसपछि हामी भोकै मर्नेछौं।” एलियाले तिनलाई भने, “फिक्री नगर। गएर आफ्नो भोजन बनाऊ। तर पहिले आफूसित जे छ, त्यसबाट एउटा सानो रोटी बनाएर मलाई ल्याइदेऊ र बाँकी रहेकाले आमा-छोराको लागि रोटी बनाऊ किनभने परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘म परमप्रभुले वर्षा पठाउने दिनसम्म भाँडोको पीठो र ढुङ्ग्राको तेल रित्तिनेछैन।” विधवाले गएर एलियाले भनेअनुसार गरिन् र तिनीहरू सबैले धेरै दिनसम्म पुग्दो भोजन पाए। एलियाद्वारा परमप्रभुले प्रतिज्ञा गर्नुभएअनुसार भाँडोको पीठो र ढुङ्ग्रोको तेल सकिएन। केही दिनपछि विधवाको छोरो बिरामी भयो। बिमार झन् बढ्दैगयो र अन्त्यमा त्यो केटा मर्यो। विधवाले एलियालाई भनिन्, “हे परमेश्वरका जन! किन तपाईंले मसित यसो गर्नुभयो? के परमेश्वरलाई मेरा पापको सम्झना गराउन र मेरा छोराको मृत्यु गराउन यहाँ आउनुभएको हो?” एलियाले भने, “तिम्रो छोरो मलाई देऊ।” विधवाका हातबाट उनले ठिटोलाई लिए र माथिल्लो तलामा आफू बसेको कोठामा लगे र पलङ्गमा सुताए। तब उनले चर्को सोरले प्रार्थना गरे, “हे परमप्रभु मेरा परमेश्वर! यस विधवामाथि किन यस्तो विपत्ति ल्याउनुभयो? यिनले ममाथि दया गरेर मेरो सेवा गरिन्; तर अहिले तिनको छोराको प्राण लिनुभयो!” त्यसपछि तीन पल्ट एलिया केटोमाथि लमतन्न भएर पस्रिए र यसरी प्रार्थना गरे, “हे परमप्रभु मेरा परमेश्वर! यस बालकमा प्राण फर्काइदिनुहोस्।” परमप्रभुले एलियाको प्रार्थनाको उत्तर दिनुभयो। ठिटाले फेरि सास फेर्न थाल्यो र त्यो बौरिउठ्यो। एलियाले बालकलाई तल्लो तलामा त्यसकी आमाकहाँ लगे र भने, “हेर, तिम्रो छोरो जीवित भयो!” तिनले जवाफ दिइन्, “अब मलाई थाहा भयो कि तपाईं परमेश्वरको जन हुनुहुन्छ र साँच्चै परमप्रभु तपाईंद्वारा बोल्नुहुँदो रहेछ!”
१ राजा 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजा 17:8-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू