YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 4:1-9

१ यूहन्‍ना 4:1-9 सरल नेपाली

प्‍यारा भाइहरू, आफूसँग पवित्र आत्‍मा हुनुहुन्‍छ भन्‍ने जति सबैलाई विश्‍वास नगर, तर तिनीहरूसँग परमेश्‍वरको आत्‍मा हो कि होइन, जाँचेर हेर किनभने धेरै झूटा अगमवक्ताहरू पनि जताततै गएका छन्। येशू ख्रीष्‍ट मानिस हुनुभयो भन्‍ने आत्‍मा नै परमेश्‍वरका आत्‍मा हुनुहुन्‍छ। यसैबाट तिमीहरू परमेश्‍वरका आत्‍मालाई चिन्‍नेछौ। येशूलाई यसरी मानिस हुनुभयो भनी नमान्‍ने आत्‍माचाहिँ परमेश्‍वरको आत्‍मा होइन। यो आत्‍माचाहिँ ख्रीष्‍ट-विरोधीबाट आएको हो। त्‍यो आउँछ भनेर तिमीहरूले सुनेका छौ र त्‍यो अहिले नै संसारमा आइसकेको छ। मेरा बालक हो, तिमीहरू परमेश्‍वरका हौ र तिमीहरूले झूटा अगमवक्ताहरूलाई जितेका छौ किनभने तिमीहरूमा हुनुहुने पवित्र आत्‍माचाहिँ संसारमा हुनेहरूमा भएको आत्‍माभन्दा शक्तिशाली हुनुहुन्‍छ। उनीहरू संसारका हुनाले संसारकै कुरा गर्छन् र उनीहरूले भनेका कुरा संसारकै मानिसहरूले सुन्‍छन्। तर हामी त परमेश्‍वरका हौं र जसले परमेश्‍वरलाई चिनेको छ, उसले हाम्रो कुरा सुन्‍छ। जो परमेश्‍वरको मानिस होइन, उसले हाम्रो कुरा सुन्‍दैन। यसरी नै हामीले साँचो आत्‍मा र झूट आत्‍मा छुट्ट्याउन सक्‍छौं। प्रिय मित्रहरू, हामीले एक-अर्कालाई प्रेम गरौं किनभने प्रेम परमेश्‍वरबाट आएको हो। प्रेम गर्ने परमेश्‍वरकै बालक हो र उसले परमेश्‍वरलाई चिन्‍दछ। प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्‍दैन किनभने परमेश्‍वर प्रेम हुनुहुन्‍छ। परमेश्‍वरले हामीलाई यसरी प्रेम देखाउनुभयो कि उहाँका पुत्रबाट हामीले जीवन पाऔं भनेर उहाँले आफ्‍नो एक मात्र पुत्रलाई संसारमा पठाउनुभयो।

१ यूहन्‍ना 4 पढ्नुहोस्