पाप गरिरहनेहरूलाई व्यवस्था नमानेको दोष लाग्छ किनभने व्यवस्था नमान्नु पाप हो। तिमीहरूलाई थाहा छ कि मान्छेको पाप हटाउन ख्रीष्ट प्रकट हुनुभयो र उहाँमा पापै छैन। यसकारण ख्रीष्टमा रहिरहने मानिसले पाप गरिरहँदैन। पाप गरिरहनेले न त उहाँलाई देखेको हुन्छ न त चिनेकै हुन्छ। प्यारा बालक हो, कसैले तिमीहरूलाई भर्माउन नपाओस्! ठीक काम गर्ने मान्छे नै ख्रीष्टजस्तै ठीक ठहरिन्छ। पाप गरिरहनेचाहिँ शैतानको मानिस हो। शैतानले सुरुदेखि नै पाप गर्दैआएको छ। यसकारण शैतानको कामलाई नाश पार्न परमेश्वरका पुत्र प्रकट हुनुभएको छ। परमेश्वरको बालकले पाप गरिरहँदैन किनभने उसमा परमेश्वरकै स्वभाव परेको हुन्छ। उसले पाप गरिरहनै सक्दैन किनभने परमेश्वर नै उसका पिता हुनुहुन्छ। परमेश्वरका सन्तान र शैतानका सन्तानलाई यसरी नै चिन्न सकिन्छ कि परमेश्वरको अघि ठीक काम नगर्ने र आफ्ना दाजुभाइलाई माया नगर्नेचाहिँ परमेश्वरको सन्तान होइन।
१ यूहन्ना 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ यूहन्ना 3:4-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू