भाइहरू, तिमीहरूकहाँ परमेश्वरको रहस्य बताउन आउँदा बोलीको बठ्याइँ र ज्ञानको धाक मैले देखाइनँ। तिमीहरूकहाँ हुँदा मैले येशू ख्रीष्ट र क्रूसमा भएको उहाँको बलिदानबाहेक सबै थोकलाई बिर्सिदिने अठोट गरें। म तिमीहरूकहाँ आउँदा कमजोर थिएँ र डरले काम्दै बसें। मैले बोल्दा र प्रचार गर्दा बोलीको बठ्याइँ र बुद्धिका ठूला-ठूला शब्दहरू चलाइनँ; तर परमेश्वरका आत्मा र शक्तिको पक्का सबुत दिएर मैले प्रचार गरें। यसैले तिमीहरूको विश्वास मानिसको ज्ञान-बुद्धिमा होइन तर परमेश्वरको शक्तिमा अडिएको छ। तैपनि हामी पाकाहरूसँग ज्ञानको कुरा गर्छौं; तर त्यो ज्ञान यस युगको ज्ञान होइन। यो युगमा राज गर्नेहरूको ज्ञान पनि होइन। राज गर्नेहरू त बितिरहन्छन् तर हामी परमेश्वरकै अथाह ज्ञानका कुरा गर्छौं। यो मानिसबाट लुकेको रहस्य थियो। परमेश्वरले हाम्रै सम्मान्का लागि सृष्टिभन्दा पहिले यो ज्ञान ठहराउनुभएको थियो। यस युगमा राज गर्नेहरू कसैले पनि यस कुरालाई बुझेनन्। बुझेका भए सम्मान् पाउनुपर्ने प्रभुलाई क्रूसमा झुन्ड्याउने थिएनन्। तर धर्मशास्त्रमा यस्तो लेखिएको छ, “मानिसले कहिले नदेखेको, नसुनेको, कहिले नचिताएको कुरा नै परमेश्वरले आफूलाई प्रेम गर्नेहरूका लागि तयार पार्नुभएको छ।” परमेश्वरले आफ्नै आत्माद्वारा हामीलाई आफ्ना कुरा बुझाउनुभएको छ। पवित्र आत्माले सबै कुरा खोज्नुहुन्छ, परमेश्वरका गहिराभन्दा पनि गहिरा कुराहरूसमेत खोज्नुहुन्छ।
१ कोरिन्थी 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 2:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू