YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 16:5-24

१ कोरिन्थी 16:5-24 सरल नेपाली

म माकेडोनियाबाट फर्कंदा तिमीहरूकहाँ आउनेछु। अहिलेचाहिँ म सोझै माकेडोनिया भएर जान्‍छु। फर्कंदाचाहिँ तिमीहरूकहाँ आएर बस्‍छु होला, सायद हिउँदभरि नै बस्‍छु होला। त्‍यसपछि म जहाँ जाँदा पनि तिमीहरूले मलाई सहायता गर्न सक्‍छौ किनभने निक्‍लेर थोरै समय भेट्‍ने होइन, तर प्रभुको इच्‍छा भयो भने निकै दिन तिमीहरूसँगै बसौंला भन्‍ने आशा राखेको छु। पेन्‍तिकोसको दिनसम्‍म म एफिससमा हुनेछु। विरोधीहरू धेरै भए पनि त्‍यहाँ प्रभुको ठूलो काम गर्ने राम्रो मौका मिलेको छ। तिमीहरूकहाँ तिमोथी आए भने उनलाई कुनै किसिमको अप्‍ठ्यारो हुन नदिनू किनभने मैलेझैँ उनी पनि प्रभुका लागि काम गर्दछन्। कसैले पनि उनलाई हेला नगरोस्। मकहाँ आउँदा उनलाई राम्ररी सहायता गर किनभने विश्‍वासी भाइहरू र म उनको बाटो हेरिरहेको छु। अपोल्‍लोस भाइलाई ख्रीष्‍टिय दाजुभाइहरूलाई सँगै लिएर तिमीहरूकहाँ निक्‍लिदेओ भनेर धेरै बिन्‍ती गरेको थिएँ। तर उनी अहिलेचाहिँ त्‍यहाँ आउन सकेनन्। पछि मौका मिले उनी आउनेछन्। होशियार भएर विश्‍वासमा दिगो बस। साहसिलो र बलियो होओ। सबै काम प्रेमसँग गर। तिमीहरू स्‍तिफनस र उनको परिवारलाई चिन्‍छौ। उनीहरू अखैयामा भएका सबैभन्दा पहिला विश्‍वासीहरू हुन्। उनीहरूले ख्रीष्‍टका पवित्र जनहरूका लागि आफ्‍ना जीवन नै दिएका छन्। भाइहरू, म तिमीहरूलाई बिन्‍ती गर्छु, यस्‍ता मानिसहरूले भनेको मान। यस्‍तै सेवा गर्ने र साथ दिनेहरू अरूले पनि भनेको मान। स्‍तिफनास, फोर्टुनाटस र अखाइकस आउँदा म धेरै खुसी भएँ किनभने उनीहरूले तिमीहरू नहुँदाको कमी पूरा गरेका छन्। तिमीहरू नहुँदाको न्यास्रोपन हराएको छ। उनीहरूले तिमीहरूलाई जस्‍तै मलाई पनि आनन्‍द दिएका छन्। तिमीहरूले यस्‍ता मानिसहरूको इज्‍जत गर्नुपर्छ। एशियाका मण्‍डलीहरूको तर्फबाट तिमीहरूलाई अभिवादन छ। अकिलास र प्रिस्‍काले र उनीहरूका घरमा जम्‍मा हुने मण्‍डलीले तिमीहरूलाई प्रभुमा सादर अभिवादन पठाएका छन्। तिमीहरूलाई सबै ख्रीष्‍टिय दाजुभाइहरूले अभिवादन पठाएका छन्। तिमीहरूले पनि एक-अर्कालाई प्रेमसाथ अभिवादन गर। मेरो आफ्‍नो अभिवादनचाहिँ आफ्‍नै हातले लेख्‍दै छु। प्रभुलाई कसैले माया गर्दैन भने उसलाई धिक्‍कार होस्। हे प्रभु, आउनुहोस्। प्रभु येशूको अनुग्रह तिमीहरूसँग होस्। ख्रीष्‍ट येशूमा मेरो प्रेम तिमीहरू सबैसँग रहोस्। आमेन।

१ कोरिन्थी 16 पढ्नुहोस्