किनभने मैले दिएको यो शिक्षा प्रभुबाटै पाएको हुँ। प्रभु येशू पक्राउ पर्नुभएको रातमा उहाँले रोटी लिनुभयो अनि परमेश्वरलाई धन्यवाद दिएर टुक्र्याउँदै भन्नुभयो, “तिमीहरूका लागि दिएको यो मेरो शरीर हो, मेरो सम्झनाको लागि यसै गर्ने गर’। त्यसै गरी रोटी खाएपछि कचौरा लिएर भन्नुभयो, ‘यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जति खेर तिमीहरू यो पिउँछौ, मेरो सम्झनाको लागि यसै गर्ने गर’।” यसरी तिमीहरू रोटी खाँदा र यो कचौराबाट पिउँदा प्रभु नआउञ्जेलसम्म उहाँको मृत्युको प्रचार गर्नेछौ। यसैकारण ज-जसले बेठीकसँग प्रभुको रोटी खान्छ र उहाँको कचौराबाट पिउँछ, उनीहरू प्रभुको शरीर र रगतको दोषी हुनेछन्। हरेकले आफूलाई पहिले जाँचोस् र त्यसपछि रोटी खाओस् र कचौराबाट पिओस् किनभने खाने र पिउने मानिसले प्रभुको शरीरको बारेमा नबुझी खान्छ र पिउँछ भने आफैंमाथि सजाय ल्याउँछ।
१ कोरिन्थी 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 11:23-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू