१ इतिहास 13
13
किर्यत-यारीमबाट करारको सन्दुक लगिएको
(२ शमूएल ६:१-११)
1दाऊद राजाले आफ्ना हजार-हजार र सय-सयका सिपाही दलहरूका कप्तानहरूसित सल्लाह गरे।
2त्यसपछि उनले इस्राएलका सबै मानिसहरूलाई यो घोषणा गरे, “यदि तिमीहरू राजी छौ र परमप्रभु हाम्रा परमेश्वरको पनि त्यस्तै इच्छा छ भने लौ हामी हाम्रा बाँकी देशवासीहरूकहाँ र सहर-सहरका पूजाहारी र लेवीहरूकहाँ खबर लाने मानिसहरू पठाऔं र सबैलाई यहाँ हामीसित एक ठाउँमा भेला हुन बोलाऔं। 3त्यसपछि हामी गएर परमेश्वरको करारको सन्दुक लिइआऔं, जुन कुरामा शाऊल राजा छँदा ध्यान दिएका थिएनौं।” 4मानिसहरू त्यस कुरामा खुसीसित राजी भए।
5 #
१ शमूएल 7:1,2 यसरी दाऊदले सारा देशबाट दक्षिणमा मिश्रदेशका सिमानादेखि उत्तरमा हमात घाटीसम्मका इस्राएलीहरूलाई किर्यत-यारीमबाट करारको सन्दुक यरूशलेममा ल्याउने विचारले भेला गरे। 6#प्रस्थान 25:22दाऊद र ती मानिसहरू यहूदा देशको बाला सहर जाने किर्यत-यारीममा गए। तिनीहरू परमेश्वरको करारको सन्दुक लिई आउन त्यहाँ गए, जुन सन्दुक परमप्रभुको नाउँले कहलाइएको र त्यसमाथि उहाँ पखेटा भएका करूबहरूका बीचमा विराजमान हुनुहुन्थ्यो।
7अबीनादाबको घरमा गई तिनीहरूले करारको सन्दुक बाहिर निकाले र एउटा नयाँ गाडामा राखे। उज्जाह र अहियोले गाडा हाँके 8अनि दाऊद र सबै इस्राएलीहरू परमेश्वरलाई आदर गर्न आफ्नो पूरा शक्तिले नाचे। तिनीहरूले गीत गाए र वीणा, ढोल, झ्याम्टा र तुरहीहरू बजाए।
9तिनीहरू कीदोनको अन्न कुट्ने खलामा आइपुग्दा गोरुहरूले ठक्कर खाए र उज्जाहले आफ्नो हात पसारेर करारको सन्दुक समाते। 10तुरुन्तै परमप्रभु उज्जाहसित रिसाउनुभयो र सन्दुक छोएको हुनाले उनलाई मार्नुभयो। उनी परमेश्वरको सामुन्ने त्यहीँ मरे। 11त्यसकारण त्यस ठाउँको नाम आजसम्म फारेस-उज्जाह भयो। परमप्रभुले आफ्नो क्रोधमा उज्जाहलाई दण्ड दिनुभएको हुनाले दाऊद झोकिए।
12त्यसपछि दाऊदलाई परमेश्वरको डर भयो र उनले भने, “अब कसरी म करारको सन्दुक आफूसित लैजान सक्छु?” 13यसकारण दाऊदले सन्दुक यरूशलेममा लगेनन्। त्यसको साटो त्यो तिनले ओबेद-एदोम भन्ने मानिसको घरमा छोडिराखे, जो गात सहरका बासिन्दा थिए। 14#१ इतिहास 26:4,5त्यहाँ सन्दुक तीन महिनासम्म रह्यो र परमप्रभुले ओबेद-एदोमका परिवारलाई र उनीसित भएका हरेक थोकमाथि आशीर्वाद दिनुभयो।
अहिले सेलेक्ट गरिएको:
१ इतिहास 13: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.