YouVersion लोगो
खोज आइकन

प्रकाश 19

19
छुटकाराको गीत
1त्‍यसपछि मैले स्‍वर्गबाट एउटा ठूलो भीड़ले चर्को सोरमा यसो भनिरहेको जस्‍तो सुनें,
“हल्‍लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्‍वरका हुन्,
2किनकि उहाँका इन्‍साफ सत्‍य र न्‍यायसङ्गत छन्‌। सारा पृथ्‍वीलाई आफ्‍नो व्‍यभिचारले भ्रष्‍ट पार्ने त्‍यस महा वेश्‍यालाई उहाँले दण्‍ड दिनुभएको छ, र उहाँका दासहरूका रगतको बदला लिइसक्‍नुभएको छ।”#व्‍य ३२:४३; २ राज ९:७
3तिनीहरूले फेरि एक पल्‍ट उच्‍च सोरले भने,
“हल्‍लेलूयाह! त्‍यो महानगरी जलेको धूवाँ सदासर्वदा मास्‍तिर गइरहन्‍छ।”#यशै ३४:१०
4अनि ती चौबीसै धर्म-गुरु र ती चार जीवित प्राणीहरूले घोप्‍टो परेर सिंहासनमा विराजमान हुनुभएको परमेश्‍वरलाई यसो भनेर दण्‍डवत्‌ गरे,
“आमेन, हल्‍लेलूयाह!”
5तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो,
“हाम्रा परमेश्‍वरको प्रशंसा गर, उहाँका सबै दास हो, तिमीहरू साना र ठूला जसले उहाँको भय मान्‍दछौ।”#भज ११५:१३
6त्‍यसपछि एउटा ठूलो भीड़को सोरजस्‍तो मैले सुनें, उर्लंदो पानीहरूको आवाज र धेरै शक्तिशाली मेघ गर्जनको आवाजजस्‍तो मैले सुनें, जसले यसो भनिरहेको थियो:
“हल्‍लेलूयाह! किनकि परमप्रभु हाम्रा परमेश्‍वर सर्वशक्तिमान्‌ले राज्‍य गर्नुहुन्‍छ।#इज १:२४; भज ९३:१; ९७:१; ९९:१
7हामी रमाऔं र अत्‍यन्‍त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्‍वयम्‌ तयार भएकी छिन्‌।
8चहकिलो र स्‍वच्‍छ मलमलको वस्‍त्र पहिरन तिनलाई दिइयो।”
चहकिलो मलमलको वस्‍त्र सन्‍तहरूका धार्मिक कार्य हुन्‌।
9अनि ती स्‍वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्‍त्रणा पाउनेहरू धन्‍यका हुन्‌।” तिनले फेरि मलाई भने, “परमेश्‍वरका सत्‍य वचनहरू यी नै हुन्‌।”#मत्ती २२:२-३
10अनि तिनलाई दण्‍डवत्‌ गर्न म तिनको पाउमा घोप्‍टो परें। तर तिनले मलाई भने, “तिमीले मलाई यसो गर्नुहुँदैन। म येशूको गवाही कायम राख्‍ने तिम्रा भाइहरूको र तिम्रो सङ्गी-दास मात्र हुँ। परमेश्‍वरलाई दण्‍डवत्‌ गर! किनकि येशूको गवाही अगमवाणीको आत्‍मा हो।
सेतो घोडा र त्यसको सवार
11मैले स्‍वर्ग उघ्रेको देखें र त्‍यहाँ एउटा सेतो घोडा थियो। त्‍यसमाथि सवार हुनुहुने “विश्‍वासयोग्‍य” र “सत्‍य” कहलाइनुहुन्‍छ। धार्मिकतामा उहाँले इन्‍साफ र युद्ध गर्नुहुन्‍छ।#इज १:१; भज ९६:१३; यशै ११:४ 12उहाँका आँखा आगोका ज्‍वालाजस्‍ता थिए, र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अङ्कित थियो, जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन।#दान १०:६ 13उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाउँ “परमेश्‍वरको वचन” थियो। 14स्‍वर्गका सेनाहरू सेता र स्‍वच्‍छ मलमलका वस्‍त्र पहिरिई सेता घोडाहरूमा चड़ेर उहाँको पछिपछि लागे। 15जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्‍कन्‍छ, र उहाँले फलामको डन्‍डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। सर्वशक्तिमान्‌ परमेश्‍वरका क्रोधको दाख-कुण्‍ड उहाँले कुल्‍चनुहुन्‍छ।#भज २:९; यशै ६३:३; योए ३:१३; प्रका १४:२० 16उहाँका पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” अङ्कित छ।
17तब मैले एउटा स्‍वर्गदूत सूर्यमा उभिरहेका देखें। तिनले मध्‍य आकाशमा उड्‌ने सबै पक्षीहरूलाई चर्को सोरले यसो भने, “आओ, परमेश्‍वरको ठूलो भोजमा भेला होओ। 18तिमीहरूले राजाहरू, कप्‍तानहरू, शक्तिशाली मानिसहरू र घोडाहरू र तीमाथि सवार हुनेहरू, फुक्‍का र कमारा-कमारीहरू, ठूला र साना सबैको मासु खानेछौ।”#इज ३९:१७-२०
19अनि घोडामा सवार हुने र उहाँका सेनाहरूका विरुद्धमा युद्ध गर्न त्‍यो पशु र पृथ्‍वीका राजाहरू र तिनका सेनाहरू भेला भएका मैले देखें। 20तब त्‍यो पशु र त्‍यसको उपस्‍थितिमा अचम्‍म काम गर्ने झूटो अगमवक्ता दुवै पक्राउ परे। यी अचम्‍मका कामहरूद्वारा त्‍यस झूटो अगमवक्ताले त्‍यस पशुको छाप लिने र त्‍यसको मूर्तिको पूजा गर्नेहरूलाई बहकाएको थियो। यी दुवै जलिरहेको गन्‍धकको अग्‍नि-कुण्‍डमा जिउँदै फालिए।#प्रका १३:१-८ 21बाँकी रहेकाहरूचाहिँ घोडामाथि सवार हुनुहुनेको मुखबाट निस्‍केको तरवारद्वारा मारिए, र सबै पक्षीहरूले तिनका मासु अघाउञ्‍जेल खाए।

अहिले सेलेक्ट गरिएको:

प्रकाश 19: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्