YouVersion लोगो
खोज आइकन

प्रकाश 10

10
स्वर्गदूत र सानो चर्मपत्रको मुट्ठो
1मैले बादलमा लपेटिएको अर्का शक्तिशाली स्‍वर्गदूतलाई स्‍वर्गबाट ओर्लेका देखें। तिनको शिरमा इन्‍द्रेनी थियो, र तिनको मुहार सूर्यजस्‍तो र पाउहरू आगोका खामाजस्‍ता थिए। 2तिनको हातमा खोलिराखेको एउटा सानो चर्मपत्रको मुट्ठो थियो। तिनले आफ्‍नो दाहिने खुट्टा समुद्रमा र देब्रे खुट्टा जमिनमा राखे। 3अनि सिंह गर्जेझैँ तिनी ठूलो सोरले कराए, र तिनी कराएपछि सात मेघ गर्जनहरूको आवाज आयो। 4जब ती सात मेघ गर्जनहरूले आ-आफ्‍ना आवाज निकाले, म लेख्‍नै लागेको थिएँ, त्‍यसै बेला स्‍वर्गबाट यसो भन्‍ने आवाज मैले सुनें, “ती सात मेघ गर्जनहरूले निकालेका आवाजलाई गुप्‍त राख, र ती नलेख।”
5तब समुद्र र जमिनमा उभिएका जुन स्‍वर्गदूतलाई मैले देखेका थिएँ, तिनले आफ्‍नो हात स्‍वर्गतिर उचाले। #प्रस २०:११; व्‍य ३२:४०; दान १२:७; आमो ३:७ 6अनि सदासर्वदा जीवित रहनुहुने, तथा स्‍वर्ग र त्‍यसमा भएका कुराहरू, पृथ्‍वी र त्‍यसमा भएका कुराहरू, समुद्र र त्‍यसमा भएका कुराहरूलाई सृष्‍टि गर्नुहुनेको नाउँमा तिनले शपथ खाएर अब ढिलो हुनेछैन भने। 7तर ती दिनहरूमा जब सातौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुक्‍नै लाग्‍छन्, उहाँले आफ्‍ना दास अगमवक्ताहरूलाई घोषणा गर्नुभएझैँ परमेश्‍वरको रहस्‍य पूरा हुनेछ।
8तब स्‍वर्गबाट मैले सुनेको आवाजले मलाई फेरि यसो भन्‍यो, “जाऊ, समुद्र र जमिनमा उभिने दूतको हातमा भएको खुला चर्मपत्रको मुट्ठो लेऊ।” #इज २:८—३:३
9अनि म स्‍वर्गदूतकहाँ गएँ र त्‍यो सानो चर्मपत्रको मुट्ठो मागें। अनि तिनले मलाई भने, “यो लेऊ, र खाऊ। यसले तिम्रो पेट अमिलो गराउनेछ, तर तिम्रो मुखमा चाहिँ त्‍यो महजस्‍तै गुलियो हुनेछ।” 10मैले ती स्‍वर्गदूतको हातबाट त्‍यो सानो चर्मपत्रको मुट्ठो लिएँ, र खाएँ। मेरो मुखमा त्‍यो महजस्‍तै गुलियो भयो। तर त्‍यो खाएपछि मेरो पेट अमिलो भयो। 11तब मलाई यो भनियो, “तिमीले धेरै मानिसहरू, जातिहरू, भाषाहरू र राजाहरूका विषयमा फेरि अगमवाणी बोल्‍नुपर्नेछ।”

अहिले सेलेक्ट गरिएको:

प्रकाश 10: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्