भजनसंग्रह 92:1-5

भजनसंग्रह 92:1-5 NNRV

परमप्रभुको प्रशंसा गर्नु, र हे सर्वोच्‍च, तपाईंको नाउँमा भजन गाउनु असल कुरा हो। बिहान तपाईंका करुणाको, र राती तपाईंको विश्‍वसनीयताको घोषणा गर्नु, तथा दश तारे सारङ्गी र वीणाको मृदु लयमा तपाईंको स्‍तुति गर्नु असल कुरा हो। किनकि हे परमप्रभु, तपाईंले आफ्‍ना कामद्वारा मलाई आनन्‍दित तुल्‍याउनुभएको छ, तपाईंका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु। हे परमप्रभु, तपाईंका कार्यहरू कति महान्‌ छन्‌, तपाईंका विचारहरू कति गम्‍भीर छन्‌!