YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 62:1-8

भजनसंग्रह 62:1-8 NNRV

मेरो प्राणले परमेश्‍वरमा मात्र विश्राम पाउँदछ, उहाँबाट नै मेरो उद्धार आउँदछ। उहाँ मात्र मेरो चट्टान र मेरो उद्धारक हुनुहुन्‍छ, उहाँ मेरो किल्‍ला हुनुहुन्‍छ, म कहिल्‍यै डग्‍नेछैनँ। एक जना मानिसमाथि कहिलेसम्‍म तिमीहरू आक्रमण गरिबस्‍छौ? ढल्‍न लागेको पर्खाल र कमजोर बारजस्‍तै भएको त्‍यस मानिसलाई के तिमीहरू सबै मिलेर ढाल्‍छौ? त्‍यसको उच्‍च स्‍थानबाट त्‍यसलाई खसाल्‍नलाई तिनीहरूले दृढ़ विचार गरेका छन्‌। तिनीहरू असत्‍यतामा प्रसन्‍न रहन्‍छन्‌। तिनीहरू मुखले त आशीर्वाद दिन्‍छन्‌, तर मनमा तिनीहरू सराप्‍छन्‌। सेला हे मेरो प्राण, परमेश्‍वरमा मात्र विश्राम गर। मेरो आशा उहाँबाटै आउँछ। उहाँ मात्र मेरो चट्टान, मेरो उद्धारक र मेरो किल्‍ला हुनुहुन्‍छ। म डग्‍नेछैनँ। मेरो उद्धार र मेरो इज्‍जत परमेश्‍वरमा आश्रित छ, मेरो शक्तिशाली चट्टान र मेरो शरणस्‍थान परमेश्‍वर नै हुनुहुन्‍छ। हे मानिस हो, सब समय उहाँमा नै भरोसा गर, उहाँको सामुन्‍ने आफ्‍ना मन खोल, किनकि परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्‍छ। सेला