YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 34:1-8

भजनसंग्रह 34:1-8 NNRV

हरसमय म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा निरन्‍तर मेरो मुखमा हुनेछ। मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ। कष्‍टमा परेकाहरू यो सुनेर खुशी होऊन्‌। मसँगसँगै परमप्रभुको महिमा गर, र हामी एकसाथ उहाँको नाउँ उच्‍च पारौं! मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो। उहाँलाई हेर्नेहरू उज्‍ज्‍वल हुन्‍छन्‌, र तिनीहरूका शिर शर्मले कहिल्‍यै झुक्‍नेछैनन्‌। यस दु:खित मानिसले परमप्रभुलाई पुकारा गर्‍यो, अनि उहाँले सुन्‍नुभयो, र त्‍यसलाई त्‍यसका सबै कष्‍टबाट बचाउनुभयो। परमेश्‍वरको भय मान्‍नेहरूका चारैतिर परमप्रभुका स्‍वर्गदूतले सुरक्षाको घेरा लाउँछन्‌, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्‍छ। परमप्रभुलाई पारख गरेर हेर, कि उहाँ कति भला हुनुहुन्‍छ। उहाँमा शरण लिने मानिस धन्‍यको हो।