YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 146:3-9

भजनसंग्रह 146:3-9 NNRV

आफ्‍नो भरोसा संसारका शासकहरूमाथि नराख, मरणशील मानिसमाथि, जसले बचाउन सक्‍दैनन्‌। जब तिनीहरूको आत्‍मा निस्‍कन्‍छ, तिनीहरू माटोमा मिलिहाल्‍छन्‌। त्‍यही दिन तिनीहरूका योजनाहरू पनि नष्‍ट हुन्‍छन्‌। त्‍यो मानिस धन्‍यको हो, जसको सहायता याकूबका परमेश्‍वरमा छ, जसको आशा परमप्रभु त्‍यसका परमेश्‍वरमा हुन्‍छ। उहाँ स्‍वर्ग र पृथ्‍वी, समुद्र र त्‍यसमा भएका यावत्‌ थोकका सृष्‍टिकर्ता हुनुहुन्‍छ। परमप्रभु सदाकालको निम्‍ति विश्‍वासयोग्‍य रहनुहुन्‍छ। उहाँले अत्याचारमा परेकाहरूका पक्षमा न्‍याय दिनुहुन्‍छ, र भोकाहरूलाई भोजन दिनुहुन्‍छ। परमप्रभुले कैदीहरूलाई मुक्त गरिदिनुहुन्‍छ। परमप्रभुले अन्‍धाहरूका आँखा खोलिदिनुहुन्‍छ। परमप्रभुले दबिएकाहरूलाई उठाउनुहुन्‍छ। परमप्रभुले धर्मीजनलाई प्रेम गर्नुहुन्‍छ। विदेशीहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्‍छ! अनाथ र विधवालाई उहाँले सम्हाल्‍नुहुन्‍छ, तर दुष्‍टहरूका युक्तिहरू उहाँले विफल पार्नुहुन्‍छ।