YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 120

120
सहायताको निम्‍ति प्रार्थना
यात्राको गीत
1मेरो सङ्कष्‍टमा म परमप्रभुलाई पुकार्दछु,
र उहाँले मलाई जवाफ दिनुहुन्‍छ।
2हे परमप्रभु, झूट बोल्‍ने ओठ र छली जिब्रोबाट, मलाई बचाउनुहोस्‌।
3ए छली जिब्रो, उहाँले तँलाई के गर्नुहोला? तँसँग अरू बढ़ी के गर्नुहोला?
4उहाँले तँलाई योद्धाको तीखो बाणले झैँ,
र झाडीको आगोले झैँ दण्‍ड दिनुहुनेछ।
5धिक्‍कार मलाई, कि म मेशेकमा वास गर्दछु,
र केदारका पालहरूका बीचमा बसेको छु!
6शान्‍तिलाई घृणा गर्नेहरूका बीचमा मैले वास गरेको धेरै भयो।
7म त शान्‍तिप्रिय व्‍यक्ति हुँ, तर जब म बोल्‍छु, तिनीहरू लड़ाइँ गर्न तत्‍पर हुन्‍छन्‌।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 120: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्