जब इस्राएल मिश्रदेशबाट आए, जब याकूबको घराना पराई भाषा बोल्ने मानिसहरूका बीचबाट निस्केर आए, तब यहूदा परमप्रभुको पवित्रस्थान, र इस्राएल उहाँको राज्य भयो। यो देखेर समुद्र भाग्यो, यर्दन नदी उल्टो बग्न लाग्यो। पहाड़हरू भेड़ाहरूझैँ उफ्रन लागे, डाँड़ाहरू भेड़ाका पाठाहरूझैँ कुद्न लागे। हे समुद्र, तँलाई के भयो, र तँ भागिस्? र हे यर्दन, तँ किन फर्केर गइस्? हे पहाड हो, तिमीहरू भेड़ाहरूझैँ, हे डाँड़ा हो, तिमीहरू भेड़ाका पाठाहरूझैँ किन कुद्यौ? हे पृथ्वी, परमप्रभुको सामुन्ने, याकूबका परमेश्वरको सामुन्ने थरहरी होऊ, जसले चट्टानलाई पानीको तालमा, र ढुङ्गेनी पहाड़लाई पानीको स्रोतमा परिवर्तन गर्नुभयो।
भजनसंग्रह 114 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 114
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 114:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू