YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 113:1-9

भजनसंग्रह 113:1-9 NNRV

परमप्रभुको प्रशंसा गर। हे परमप्रभुका सेवक हो, प्रशंसा गर। परमप्रभुका नाउँको प्रशंसा गर। परमप्रभुका नाउँको अहिलेदेखि लिएर सदासर्वदासम्‍मै प्रशंसा भइरहोस्‌! सूर्योदयदेखि सूर्यास्‍तसम्‍मै परमप्रभुको नाउँको प्रशंसा हुनुपर्दछ। परमप्रभु सबै जाति-जातिहरूमा उच्‍च हुनुहुन्‍छ, र उहाँको महिमा स्‍वर्गभन्‍दा उच्‍च छ। परमप्रभु हाम्रा परमेश्‍वरको समान को छ र? उहाँ, जो उच्‍च स्‍थानमा विराजमान हुनुहुन्‍छ, जो आकाश र पृथ्‍वीमाथि दृष्‍टि गर्न निहुरनुहुन्‍छ। कङ्गालीहरूलाई खरानीको थुप्रोबाट उहाँले उठाउनुहुन्‍छ, र दरिद्रहरूलाई घुरानबाट उचाल्‍नुहुन्‍छ। उहाँले तिनीहरूलाई राजकुमारहरूसँग, र आफ्‍नै प्रजाका राजकुमारहरूका साथमा बसाल्‍नुहुन्‍छ। बाँझी स्‍त्रीलाई छोराछोरीका सुखी आमाको रूपमा स्‍थिर गरिदिनुहुन्‍छ। परमप्रभुको प्रशंसा गर।