भजनसंग्रह 108
108
विजयको प्रार्थना
सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन
1हे परमेश्वर, मेरो हृदय स्थिर छ,#भज ५७:७-११ म गाउनेछु, र मेरो सम्पूर्ण प्राणले म राग बजाउनेछु।
2हे वीणा र सारङ्गी, जागा होओ! म प्रभातलाई जगाउनेछु।
3हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गाउनेछु, मानिसहरूका बीचमा म तपाईंको विषयमा गाउनेछु।
4किनकि तपाईंको करुणा महान् छ, स्वर्गभन्दा पनि उच्च छ,
र तपाईंको विश्वसनीयताले आकाशै छुन्छ।
5हे परमेश्वर, तपाईं स्वर्गभन्दा पनि उच्च हुनुहोस्, तपाईंको महिमा सारा पृथ्वीभरि व्याप्त होस्।
6तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस् र मदत गर्नुहोस्,#भज ६०:५-१२ र तपाईंले प्रेम गर्नुभएकाहरूले छुटकारा पाऊन्।
7परमेश्वरले आफ्नो पवित्रस्थानबाट भन्नुभएको छ, “विजयमा शकेमलाई विभाजन गर्नेछु,
र सुक्कोतका बेँसी नापेर छुट्ट्याउनेछु।
8गिलाद मेरो हो, र मनश्शे पनि मेरै हो, एफ्राइम मेरो टोप हो, यहूदा मेरो राजदण्ड हो।
9मोआब मेरो पानीको बाटा हो, एदोममाथि म आफ्नो जुत्ता फाल्छु। पलिश्तमाथि म विजयसाथ कराउँछु।”
10कसले मलाई किल्ला भएको सहरमा पुर्याइदेला? एदोमसम्म मलाई कसले डोर्याउला?
11हे परमेश्वर, तपाईं नै होइन, जसले हामीलाई त्याग्नुभएको छ,
र अब हाम्रा सेनाहरूका साथमा जानुहुन्न?
12शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्, किनकि मानिसको सहायता त व्यर्थको हुन्छ।
13परमेश्वरद्वारा हामी विजय प्राप्त गर्नेछौं,
र उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 108: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012