गन्ती 29
29
तुरहीको चाड
1“‘सातौँ महिनाको पहिलो दिनमा तिमीहरूको एउटा पवित्र सभा होस्। त्यस दिन तिमीहरूले कुनै दैनिक काम नगर्नू। त्यो तिमीहरूका निम्ति तुरही बजाउने दिन हो। #लेवी २३:२३-२५ 2तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्ना हुनलाई होमबलिको निम्ति एउटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट हुनुपर्छ। 3तिनका अन्नबलिको निम्ति बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, भेड़ासित एक पाथी, 4र सातै थुमामा हरेक थुमासित आधा पाथी चढ़ाउनू। 5साथै तिमीहरूको प्रायश्चित गर्नलाई पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। 6यी सबै महिना-महिना र दिनदिनका होमबलिहरू र तिनका अन्नबलि र अर्घ-बलिहरूबाहेक होऊन्। यी परमप्रभुको निम्ति मीठो बास्ना हुनलाई तिनका विधिअनुसार आगोद्वारा चढ़ाइएका बलिहरू हुन्।
प्रायश्चितका दिन
7“‘त्यही सातौँ महिनाको दशौँ दिनमा तिमीहरूको एउटा पवित्र सभा होस्। त्यस दिन तिमीहरूले आफू-आफूलाई इन्कार गर्नू, र तिमीहरूले कुनै किसिमको काम नगर्नू। #लेवी १६:२९-३४; २३:२६-३२ 8तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्ना हुनलाई होमबलिको निम्ति एउटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। ती सब निष्खोट होऊन्। 9अनि तिनका अन्नबलिको निम्ति बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, भेड़ासित एक पाथी, 10र सातै थुमामा हरेक थुमासित आधा पाथी चढ़ाउनू। 11पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ प्रायश्चितको पापबलि र नित्यको होमबलि र त्यसको अन्नबलि अनि तिनका अर्घ-बलिहरूबाहेक चढ़ाउनू।
छाप्रो-वासको चाड़
12“‘सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूको एउटा सभा होस्, र त्यस दिन तिमीहरूले कुनै दैनिक काम नगर्नू। तिमीहरूले परमप्रभुको निम्ति सात दिनसम्म चाड़ मान्नू। #लेवी २३:३३-४४ 13तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्ना हुनलाई आगोद्वारा चढ़ाइने होमबलिको निम्ति तेह्र वटा बाछा, दुई वटा भेड़ा, चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। 14तिनका अन्नबलिको निम्ति तेह्रै वटा बाछामा हरेक बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, दुई वटा भेड़ामा हरेक भेड़ासित एक पाथी, 15र चौधै थुमासित आधा पाथी चढ़ाउनू। 16साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि र त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।
17“‘दोस्रो दिन तिमीहरूले बाह्र वटा बाछा, दुई वटा भेड़ा, चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। 18तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। 19साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि अनि तिनका अर्घ-बलिहरूबाहेक चढ़ाउनू।
20“‘तेस्रो दिन तिमीहरूले एघार वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। 21तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। 22साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।
23“‘चौथो दिन तिमीहरूले दश वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। 24तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू, 25साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।
26“‘पाँचौँ दिन तिमीहरूले नौ वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। 27तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। 28साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।
29“‘छैटौँ दिन तिमीहरूले आठ वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। 30तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। 31साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।
32“‘सातौँ दिन तिमीहरूले सात वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। 33तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। 34साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।
35“‘आठौँ दिन तिमीहरूका एउटा पवित्र सभा होस्, र तिमीहरूले कुनै दैनिक काम नगर्नू। 36तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्ना हुनलाई आगोद्वारा चढ़ाउने होमबलिको निम्ति एउटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। ती सब निष्खोट होऊन्। 37तिनका अन्नबलि र अर्घ-बलि बाछा, भेड़ा र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। 38साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।
39“‘तिमीहरूका भाकल र राजीखुशीका बलिबाहेक तिमीहरूले होमबलि, अन्नबलि, अर्घ-बलि र मेलबलिहरू तिमीहरूका तोकिएका चाड़हरूमा परमप्रभुलाई चढ़ाउनू’।”
40परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार सबै कुरा मोशाले इस्राएलीहरूलाई बताइदिए।
अहिले सेलेक्ट गरिएको:
गन्ती 29: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012