नहेम्याह 7:1-3
नहेम्याह 7:1-3 NNRV
पर्खालको निर्माण भइसकेपछि, र मैले ढोकाहरू तिनको ठाउँ-ठाउँमा लगाइसकेपछि, तब द्वारपालहरू, गवैयाहरू र लेवीहरू नियुक्त गरिए। मैले मेरा भाइ हनानीलाई, किल्लाका सेनापति हनन्याहको साथमा यरूशलेमको जिम्मा दिएँ। किनभने अरू मानिसहरूभन्दा हनानीचाहिँ ज्यादै विश्वासी र परमेश्वरसँग डराउने मानिस थिए। मैले तिनीहरूलाई भनें, “यरूशलेमका मूल ढोकाहरू घाम निकै लागेपछि मात्र खोल्नू। द्वारपालहरू पहरामा बस्दा मूल ढोकाहरू बन्द गरेर आग्लाहरू लाउन लगाउनू। कसैलाई पहरा बस्न र कसैलाई चाहिँ आफ्नै घरको सामुन्ने रक्षा गर्न यरूशलेमकै बासिन्दाहरूबाट रक्षकहरूलाई नियुक्त गर।”

