YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 7

7
नहेम्याह यरूशलेमका शासक
1पर्खालको निर्माण भइसकेपछि, र मैले ढोकाहरू तिनको ठाउँ-ठाउँमा लगाइसकेपछि, तब द्वारपालहरू, गवैयाहरू र लेवीहरू नियुक्त गरिए। 2मैले मेरा भाइ हनानीलाई, किल्‍लाका सेनापति हनन्‍याहको साथमा यरूशलेमको जिम्‍मा दिएँ। किनभने अरू मानिसहरूभन्‍दा हनानीचाहिँ ज्‍यादै विश्‍वासी र परमेश्‍वरसँग डराउने मानिस थिए। 3मैले तिनीहरूलाई भनें, “यरूशलेमका मूल ढोकाहरू घाम निकै लागेपछि मात्र खोल्‍नू। द्वारपालहरू पहरामा बस्‍दा मूल ढोकाहरू बन्‍द गरेर आग्‍लाहरू लाउन लगाउनू। कसैलाई पहरा बस्‍न र कसैलाई चाहिँ आफ्‍नै घरको सामुन्‍ने रक्षा गर्न यरूशलेमकै बासिन्‍दाहरूबाट रक्षकहरूलाई नियुक्त गर।”
कैदबाट फर्केर आएकाहरूको सूची
4सहर ठूलो र विस्‍तृत थियो, तर त्‍यसमा मानिसहरू थोरै थिए, र अझसम्‍म कुनै घरको पुनर्निर्माण भएको थिएन। #एज्रा २:१-७० 5यसैले भारदारहरू, अधिकृतहरू र मानिसहरूलाई परिवार-परिवार गरी नाउँ लेखाउन भनी भेला गराउन परमेश्‍वरले मलाई प्रेरणा दिनुभयो। मैले सबैभन्‍दा पहिले फर्कनेहरूको वंशावलीको पुस्‍तक भेट्टाएँ। त्‍यसमा लेखिएको कुरो मैले यही पाएँ:
6बेबिलोनका राजा नबूकदनेसरले कैदमा लगेकाहरूमध्‍येका यरूशलेम र यहूदामा हरेक आ-आफ्‍नो सहरमा फर्केर आएका प्रदेशका मानिसहरू यिनै हुन्‌। 7तिनीहरू यरुबाबेल, येशूअ, नहेम्‍याह, अजर्याह, राम्‍याह, नहमानी, मोर्दकै, बिल्‍शान, मिसपेरेत, बिग्‍वै, नेहूम र बानाहका साथमा आएका थिए।
8इस्राएलका मानिसहरूको नामावली यही हो:
परोशका परिवारका २,१७२
9शपत्‍याहका परिवारका ३७२
10आराका परिवारका ६५२
11येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८
12एलामका परिवारका १,२५४
13जत्तूका परिवारका ८४५
14जक्‍कैका परिवारका ७६०
15बिन्‍नूईका परिवारका ६४८
16बेबैका परिवारका ६२८
17अज्‍गादका परिवारका २,३२२
18अदोनीकामका परिवारका ६६७
19बिग्‍वैका परिवारका २,०६७
20आदीनका परिवारका ६५५
21हिजकियाबाट आतेरका परिवारका ९८
22हाशूमका परिवारका ३२८
23बेजैका परिवारका ३२४
24हारीपका परिवारका ११२
25गिबोनका परिवारका ९५
26बेथलेहेम र नतोपाका मानिसहरू १८८
27अनातोतका मानिसहरू १२८
28बेथ-अज्‍मावेतका मानिसहरू ४२
29किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
30रामा र गेबाका मानिसहरू ६२१
31मिकमाशका मानिसहरू १२२
32बेथेल र ऐका मानिसहरू १२३
33अर्को नेबोका मानिसहरू ५२
34अर्को एलामका मानिसहरू १,२५४
35हारीमका मानिसहरू ३२०
36यरीहोका मानिसहरू ३४५
37लोद, हादीद र ओनोका मानिसहरू ७२१
38सेनाहका मानिसहरू ३,९३०
39पूजाहारीहरू:
येशूअको वंशबाट यदायाहका परिवारका ९७३
40इम्‍मेरका परिवारका १,०५२
41पशहूरका परिवारका १,२४७
42हारीमका परिवारका १,०१७
43लेवीहरू:
होदबिया र कादमीएलका वंशबाट येशूअका परिवारका ७४
44गवैयाहरू:
आसापका परिवारका १४८
45द्वारपालहरू: शल्‍लूम, आतेर, तल्‍मोन, अक्‍कूब, हतीता, शोबैका परिवारहरूका जम्‍मा १३८
46मन्‍दिरका सेवकहरू:
सीहा, हसूपा, तब्‍बाओत,
47कोरेस, सीआ, पादोन,
48लेबाना, हगाबा, शल्‍मै,
49हानान, गिद्देल, गहर,
50रायाह, रसीन, नकोदा,
51गज्‍जाम, उज्‍जा, पसेह,
52बेजै, मोनिम, नेपुसीम,
53बक्‍बूक, हकूपा, हर्हुर,
54बस्‍लूत, महीदा, हर्शा,
55बर्कोस, सीसरा, तेमह,
56नसीह, र हतीपाका परिवारहरू
57सोलोमनका सेवकहरूका सन्‍तान:
सोतै, सोपेरेत, पारीद,
58याला, दर्कोन, गिद्देल,
59शपत्‍याह, हत्तील, पोकेरेतहसेबायीम, र अमोनका परिवारहरू।
60मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानको संख्‍या जम्‍मा ३९२
61तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनी बताउन सकेनन्‌। यी हुन्‌:
62दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्‍मा ६४२
63पूजाहारीहरूबाट: होबायाहका परिवार, हक्‍कोसका परिवार, र गिलादी बर्जिल्‍लैकी एउटी छोरीलाई विवाह गरेर तिनकै नाउँ राख्‍ने बर्जिल्‍लैका परिवार।
64वंशावलीहरूमा लेखिएका नाउँहरूमा यिनीहरूका नाउँ पनि खोजिए तर पाइएनन्‌। यसैले तिनीहरू पूजाहारीगिरीको निम्‍ति अशुद्ध झैँ अयोग्‍य ठहराइए। 65“ऊरीम” र “तुम्‍मीम” ले सेवा गर्ने कुनै एक जना पूजाहारी नहोउञ्‍जेल राज्‍यपालले तिनीहरूलाई कुनै पनि महापवित्र थोक खानलाई मनाही गरे। #प्रस २८:३०; व्‍य ३३:८
66सम्‍पूर्ण जनसमुदायको संख्‍या ४२,३६० थियो। 67यीबाहेक तिनीहरूका कमारा-कमारीहरू ७,३३७ जना थिए, र तिनीहरूका २४५ जना पुरुष र स्‍त्री गवैयाहरू थिए। 68तिनीहरूका घोड़ाहरूको संख्‍या ७३६, खच्‍चर २४५, 69ऊँट ४३५ र गधा ६,७२० थिए।
70परिवारका कोही मुखियाहरूले कामको निम्‍ति दान दिए। राज्‍यपालले भण्‍डारमा १,००० सुनका सिक्‍का, ५० कचौरा र पूजाहारीहरूले लाउने ५३० पोशाकहरू दिए। 71परिवारका कुनै-कुनै मुखियाहरूले कामको निम्‍ति भण्‍डारमा २०,००० सुनका सिक्‍का र २,२०० चाँदीका सिक्‍का दिए। 72बाँकी मानिसहरूले चाहिँ जम्‍मा २०,००० सुनका सिक्‍का, २,००० चाँदीका सिक्‍का र पूजाहारीहरूले लाउने ६७ पोशाकहरू दिए।
73पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू, मन्‍दिरका सेवकहरू, साथै कुनै-कुनै मानिसहरू र अरू बाँकी इस्राएलीहरू आ-आफ्‍ना सहरहरूमा बसोबास गरे। #१ इति ९:२; नहे ११:३

अहिले सेलेक्ट गरिएको:

नहेम्‍याह 7: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्