YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 13:19-22

नहेम्‍याह 13:19-22 NNRV

शबाथका तयारीको निम्‍ति यरूशलेमका मूल ढोकाहरूमा साँझको छाया परेपछि प्रवेश-द्वारहरू थुन्‍नू र शबाथ नसिद्धिञ्‍जेल नखोल्‍नू भनी मैले आज्ञा गरें। शबाथमा कुनै पनि भारी भित्र लान नपाओस्‌ भनेर मेरा कोही मानिसहरूलाई मूल ढोकाको जिम्‍मामा नियुक्त गरें। एक-दुई पल्‍ट व्‍यापारीहरू र सबै किसिमका सामान ल्‍याउने पैकारीहरूले यरूशलेमको बाहिर रात बिताए। तर मैले तिनीहरूलाई यसो भनेर चेताउनी दिएँ, “तिमीहरू किन सहरको पर्खालकै सामुन्‍ने रात बिताउँछौ? यदि तिमीहरूले फेरि यसो गर्‍यौ भने म तिमीहरूको विरुद्धमा कड़ा कारबाही गर्नेछु।” त्‍यसपछि तिनीहरू फेरि कहिल्‍यै शबाथमा आएनन्‌। अनि शबाथ-दिन पवित्र राख्‍न भनी मैले ती लेवीहरूलाई तिनीहरूले आफूलाई शुद्ध गरी मूल ढोकामा पहरा दिनू भन्‍ने आज्ञा गरें। हे मेरा परमेश्‍वर, यो पनि मेरो निम्‍ति सम्‍झना रहोस्, र तपाईंको महान्‌ प्रेममा आफ्‍नो कृपा ममाथि रहोस्‌।