तीन बजेतिर यसो भनेर येशू ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?”— जसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?” वरपर उभिनेहरूमध्ये कोही-कोहीले यो सुनेर भने, “सुन, त्यसले एलियालाई बोलाउँदैछ।” अनि एक जनाले दौड़ेर गई एउटा स्पन्ज सिर्कामा पूरै चोपेर एउटा लामो निगालोमा यसो भनेर उहाँलाई पिउन दियो, “हेरौं, कतै एलिया त्यसलाई झार्न आउँछन् कि।” तब येशूले ठूलो सोर निकालेर प्राण त्याग्नुभयो। अनि मन्दिरको पर्दा टुप्पादेखि फेदसम्मै दुई भाग भई च्यातियो। येशूले यसरी प्राण त्याग्नुभएको देखेर उहाँको सामने उभिएका कप्तानले भने, “साँच्चै नै यी मानिस परमेश्वरका पुत्र रहेछन्।” त्यहाँ टाढ़ैबाट हेरिरहने केही स्त्रीहरू पनि थिए। तिनीहरूमध्ये मरियम मग्दलिनी अनि सानोचाहिँ याकूब र योसेफकी आमा मरियम र सलोमी थिए। उहाँ गालीलमा हुनुहुँदा, यिनीहरूले उहाँलाई पछ्याउँथे, र उहाँको सेवा-टहल गर्थे। येशूको साथमा यरूशलेममा आएका अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए। तयारीको दिन, अर्थात् शबाथ-दिनको अघिल्लो दिन, साँझ पर्दैथियो। महासभाका प्रतिष्ठित सदस्य अरिमाथियाका योसेफ, जसले परमेश्वरका राज्यको बाटो हेर्दैथिए, तिनले साहसपूर्वक पिलातसकहाँ गएर येशूको लाश मागे। येशू अघि नै मरिसक्नुभएको सुन्दा पिलातस छक्क परे। अनि कप्तानलाई आफूकहाँ बोलाएर उहाँको मृत्यु भएको हो कि होइन भनी सोधपूछ गरे। उहाँको मृत्यु भइसकेको कुरा कप्तानबाट थाहा पाएपछि पिलातसले येशूको मृत शरीर योसेफलाई लैजाने अनुमति दिए। अनि योसेफले मलमलका कपड़ा किने, र लाश तल झारेर कपड़ाले बेह्रे, अनि चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा राखे। त्यसपछि चिहानको मुखमा तिनले एउटा ढुङ्गा राखिदिए। मरियम मग्दलिनी र योसेफकी आमा मरियमले उहाँलाई राखेको ठाउँ हेरिराखेका थिए।
मर्कूस 15 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 15:34-47
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू