त्यही समय बप्तिस्मा-दिने यूहन्ना यहूदियाको उजाड-स्थानमा आए, र यसो भन्दै प्रचार गर्न लागे, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ।” किनभने यी तिनै हुन्, जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो: “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’।” यूहन्नाले ऊँटका रौँको वस्त्र लाउँथे, र कम्मरमा छालाको पटुका बाँध्थे। तिनको खानेकुरा सलह र वन-मह थियो। यरूशलेम र सबै यहूदिया, र यर्दन वरिपरिका इलाकाका सबै मानिसहरू तिनीकहाँ गए, र आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा तिनीबाट बप्तिस्मा लिन लागे।
मत्ती 3 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 3:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू