YouVersion लोगो
खोज आइकन

मत्ती 26:6-13

मत्ती 26:6-13 NNRV

येशू बेथानियामा सिमोन कुष्‍ठरोगीको घरमा हुनुहुँदा, एउटी स्‍त्री सिङ्गमरमरको एउटा शीशीमा बहुमूल्‍य अत्तर लिएर उहाँकहाँ आई, र उहाँ खान बस्‍नुहुँदा तिनले त्‍यो उहाँको शिरमा खन्‍याई। यो देखेर चेलाहरूलाई रीस उठ्यो, र तिनीहरूले भने, “केको निम्‍ति यत्रो नोक्‍सानी? किनकि यो अत्तर धेरै दाममा बिक्री गरेर त्‍यो पैसा गरीबहरूलाई दिन सकिन्‍थ्‍यो।” तर येशूले यो थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू यस नारीलाई किन दुःख दिन्‍छौ? तिनले त मेरो निम्‍ति एउटा असल काम गरेकी छिन्‌। किनकि गरीबहरू तिमीहरूसँग सधैँ हुन्‍छन्‌। तर म तिमीहरूसँग सधैँ हुन्‍नँ। तिनले यो अत्तर मेरो शरीरमा खन्‍याएर दफनको निम्‍ति मलाई तयार गरेकी हुन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, सारा संसारमा जहाँ यो सुसमाचार प्रचार गरिन्‍छ, यस नारीले जे गरिन्‌ त्‍यसको चर्चा तिनको सम्‍झनाको लागि गरिनेछ।”