YouVersion लोगो
खोज आइकन

मत्ती 26:20-25

मत्ती 26:20-25 NNRV

साँझ भएपछि उहाँ बाह्रै चेलाहरूसँग खान बस्‍नुभयो। उहाँहरूले खाइरहनुभएको बेला उहाँले भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूमध्‍ये एक जनाले मलाई पक्राइदिनेछ।” तब तिनीहरू साह्रै दुःखित भएर प्रत्‍येकले उहाँलाई सोध्‍न लागे, “प्रभु, के त्‍यो म हुँ?” अनि उहाँले भन्‍नुभयो, “जसले मसँगै थालमा रोटी चोपेको छ, त्‍यसैले मलाई पक्राइदिनेछ। मानिसको पुत्र त उसको विषयमा धर्मशास्‍त्रमा लेखेबमोजिम जानेछ। तर धिक्‍कार त्‍यस मानिसलाई, जसद्वारा मानिसको पुत्र पक्राइनेछ। त्‍यो मानिस त नजन्‍मिएकै भए त्‍यसको निम्‍ति असल हुनेथियो।” तब उहाँलाई पक्राइदिने यहूदाले सोध्‍यो, “गुरुज्‍यू, के त्‍यो म हुँ?” उहाँले त्‍यसलाई भन्‍नुभयो, “तिमी आफैले भन्‍यौ।”