YouVersion लोगो
खोज आइकन

मत्ती 19:16-22

मत्ती 19:16-22 NNRV

उहाँकहाँ आएर एक जनाले भने, “हे गुरु, मैले अनन्‍त जीवन प्राप्‍त गर्नलाई के असल काम गर्नुपर्छ?” उहाँले तिनलाई भन्‍नुभयो, “असल के हो त्‍यस विषयमा तिमी मलाई किन सोध्‍दछौ? असल त एउटै मात्र हुनुहुन्‍छ। तर तिमी जीवनमा प्रवेश गर्न इच्‍छा गर्दछौ भने, आज्ञाहरू पालन गर।” तिनले उहाँलाई भने, “कुन-कुनचाहिँ?” येशूले भन्‍नुभयो, “तैंले हत्‍या नगर्नू, तैंले व्‍यभिचार नगर्नू, तैंले चोरी नगर्नू, तैंले झूटो गवाही नदिनू। आफ्‍ना आमा-बुबाको आदर गर्नू, र आफ्‍नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू।” ती जवान मानिसले उहाँलाई भने, “यी सब त मैले पालन गरेकै छु। अब ममा के कमी छ?” येशूले तिनलाई भन्‍नुभयो, “तिमी सिद्ध हुन चाहन्‍छौ भने, गएर तिमीसित भएका सबै बेचेर दरिद्रहरूलाई देऊ, र तिमीले स्‍वर्गमा धन प्राप्‍त गर्नेछौ, अनि आएर मपछि लाग।” जब ती जवान मानिसले यो कुरा सुने, तिनी दुःखित भएर गइहाले, किनकि तिनको धेरै धन-सम्‍पत्ति थियो।