YouVersion लोगो
खोज आइकन

मत्ती 17:15-21

मत्ती 17:15-21 NNRV

“प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्, किनकि त्‍यसलाई छारेरोग लागेको छ, र ठूलो कष्‍ट भोग्‍दैछ। त्‍यो कहिले आगोमा पर्छ, कहिले पानीमा पस्‍छ। मैले त्‍यसलाई तपाईंका चेलाहरूकहाँ ल्‍याएँ, तर तिनीहरूले त्‍यसलाई निको पार्न सकेनन्‌।” तब येशूले भन्‍नुभयो, “ए अल्‍पविश्‍वासी र भ्रष्‍ट पुस्‍ता, कहिलेसम्‍म म तिमीहरूका साथमा रहनेछु? कहिलेसम्‍म मैले तिमीहरूलाई सहनु? त्‍यसलाई यहाँ मकहाँ ल्‍याओ।” येशूले त्‍यसलाई हकार्नुभयो, र भूतात्‍मा त्‍यसबाट निस्‍किगयो। त्‍यो केटो तुरुन्‍तै निको भयो। तब चेलाहरूले येशूकहाँ गुप्‍तमा आएर भने, “हामीहरूले त्‍यसलाई किन निकाल्‍न सकेनौं?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका अल्‍पविश्‍वासको कारणले हो। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कि तिमीहरूमा एउटा रायोको दानाजति विश्‍वास भएदेखि यस डाँड़ालाई ‘यहाँबाट हटिजा’ भन्‍यौ भने त्‍यो हटिजानेछ। र तिमीहरूका निम्‍ति केही असम्‍भव हुनेछैन। [तापनि यस किसिमको भूतचाहिँ प्रार्थना र उपवासविना निक्‍लँदैन।”]