त्यही दिन उहाँका चेलाहरूमध्ये दुई जना यरूशलेमबाट प्राय: एघार किलोमिटर टाढ़ाको इम्माउस नाउँको एउटा गाउँतिर गइरहेका थिए। घटेका सबै घटनाहरूबारे तिनीहरू आपसमा बातचीत गर्दैथिए। तिनीहरू आपसमा बातचीत गर्दै र बहस गरिरहेको बेला येशू आफै नजिक आएर तिनीहरूका साथ लाग्नुभयो, तर तिनीहरूका आँखा उहाँलाई चिन्न नसक्ने तुल्याइएका थिए। उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ?” तिनीहरू उदास भएर टक्क अड़िए। ती दुईमध्ये क्लेओपासले उहाँलाई जवाफ दिए, “यरूशलेम घुमफिर गरी आउने भएर पनि हिजोआज त्यहाँ के घटिरहेछ तपाईंलाई थाहा छैन?” उहाँले तिनीहरूलाई सोध्नुभयो, “कुन कुरा?” तिनीहरूले जवाफ दिए, “येशू नासरीको बारेमा, उहाँ एक जना अगमवक्ता हुनुहुन्थ्यो, र परमेश्वर र सबै मानिसहरूका सामुन्ने काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो।
लूका 24 पढ्नुहोस्
सुन्नुहोस् लूका 24
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 24:13-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू