YouVersion लोगो
खोज आइकन

लूका 16:13-16

लूका 16:13-16 NNRV

“कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्‍दैन, किनकि त्‍यसले एउटालाई घृणा गरेर अर्कालाई प्रेम गर्छ, अथवा त्‍यो एउटाको भक्त भएर अर्कालाई तुच्‍छ ठान्‍छ। तिमीहरू परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्‍दैनौ।” धनका लोभी फरिसीहरूले यी सबै कुरा सुनेर उहाँको उपहास गरे। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसहरूका सामुन्‍ने आफैलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर परमेश्‍वरले तिमीहरूका हृदय जान्‍नुहुन्‍छ, किनकि मानिसहरूका बीचमा जे उच्‍च गनिएको छ, परमेश्‍वरको दृष्‍टिमा त्‍यो तुच्‍छ ठहरिन्‍छ। “बप्‍तिस्‍मा-दिने यूहन्‍नाको समयसम्‍म मोशाको व्‍यवस्‍था र अगमवक्ताहरू प्रचार गरिए। त्‍यस बेलादेखि परमेश्‍वरका राज्‍यको सुसमाचार प्रचार गरिएको छ, र सबै जना त्‍यस राज्‍यभित्र बलपूर्वक प्रवेश गर्दछन्‌।