मानिसहरूको ठूलो भीड उहाँको साथ जाँदैथियो, र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो, “यदि कोही मकहाँ आउँछ, र आफ्ना बुबा, आमा, पत्नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन। जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन। “तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्छ भने, त्यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्यसले पहिले नै बसेर हिसाब लाउँदैन र? नत्र भने त्यसले जग बसालेपछि सिद्धयाउन सकेन भने, देख्नेहरू सबैले यसो भनेर त्यसको गिल्ला गर्न लाग्नेछन्, ‘यस मानिसले बनाउन त थाल्यो तर सिद्ध्याउन सकेन।’ “कुन राजा होला जसले अर्को राजासँग लड़ाइँ गर्न जाँदा आफ्नो साथ भएका दश हजारले त्यसको विरुद्ध आउने बीस हजारसँग लड़ाइँ गर्न सक्छु कि सक्दिनँ भनी पहिले बसेर सल्लाह गर्दैन? तिनले नसक्ने हो भने, त्यो अर्को राजा टाढ़ै हुँदा मिलापको शर्त सोध्न राजदूत पठाउनेछ। यसकारण तिमीहरूमध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन, त्यो मेरो चेला हुन सक्दैन। “नून असल हो, तर नून अलिनो भयो भने केले त्यो नुनिलो हुने? त्यो न त जमिनको निम्ति न खादको निम्ति काम लाग्ने हुन्छ। मानिसहरूले त्यसलाई मिल्काइदिन्छन्। जसको सुन्ने कान छ, त्यसले सुनोस्।”
लूका 14 पढ्नुहोस्
सुन्नुहोस् लूका 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 14:25-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू